• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

पूर्वअर्थ सहायक मन्त्री रुपज्योति पक्राउ

काठमाडौं । पूर्वअर्थ सहायक मन्त्री रुपज्योति कंशाकारलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।  

 

रुपज्योतिलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको छैन। उनी प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य समेत हुन् । 

 

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनी प्रहरीको खोजी सूचीमा थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार