• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन ।

 

 राष्ट्रपति सी को बिदाइ गर्न  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।


 
नेपालको दुईदिने राजकीय भ्रमणका लागि सी शनिवार अपरान्ह काठमाडौं आइपुगेका थिए । सो अबसरमा नेपाली सेनाको टुकडीले विदाइ सालामी अर्पण गरेको थियो । 

 

राष्ट्रपति सी को बिदाइका लागि  सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार