• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

कृषिको उत्पादन वृद्धि गर्न चक्लाबन्दी आवश्यक

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कृषिको उत्पादन वृद्धि गर्न  भूमिको चक्लाबन्दी आवश्यक रहेको बताएका छन् ।

 

राष्ट्रिय किसान आयोगको तेस्रो वार्षिक प्रतिवेदन–२०७६ सार्वजनिक समारोहमा मन्त्री खनालले भूमिलाई राष्ट्रियकरण गर्न नसक्ने संवैधानिक व्यवस्था भएकाले मन्त्रालयले चक्लाबन्दीको अभियान सुरु गरेको जानकारी दिए ।

 

हाल जुम्लालगायत पाँच जिल्लामा चक्लाबन्दी भइसकेको छ । चक्लाबन्दीका लागि तराईमा १०० बिघा र पहाडमा १०० रोपनी मापदण्ड निर्धारण गरिएको छ । उर्वर कृषियोग्य भूमिको अत्यधिक व्यापारिक, औद्योगिक एवं आवासीय प्रयोजनका लागि प्रयोग बढ्दै गएपछि भूमिको खण्डीकरण रोक्न मन्त्रालयले चक्लाबन्दी अभियान सञ्चालन गरिएको हो ।

 

समारोहमा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले खेतीयोग्य जमीनको अतिक्रमण र खण्डीकरणलाई रोकी कृषि उत्पादन एवं खेतीका लागि छुट्याइएको जमीनबाट अधिकतम उत्पादकत्व वृद्धि गरी  जनसङ्ख्याका लागि धान्नसक्ने खाद्यन्नको उत्पादनतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।

 

मन्त्रालयका सचिव डा युवकध्वज जिशीले राष्ट्रिय किसान आयोग किसानका समस्याको पैरवी गर्ने संस्था मात्र नभई समाधान गर्ने निकायसमेत भएको बता

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार