• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

सरकार असफल, राप्रपा बैकल्पिक शक्ति :  नेता अधिकारी 

बिरगंज । राप्रपाका नेता मधु अधिकारीले नेकपाको दुई तिहाईको सरकार पुर्ण रुपमा असफल भएको भन्दै अब जनताले बिकल्पको खोजी गर्ने समय आएको बताएका छन् । आज पर्साको बिरगंजमा आयोजित जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै अधिकारीले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

 

क्रान्तिकारी भनौदाहरुको जीवनशैली  सामन्तको भन्दा चर्को भएको चर्चा गर्दै उनले अब राप्रपालाई बैकल्पिक शक्ति बनाउनु पर्नेमा जोड दिए । पार्टी नेतृत्वलाई कमजोर पार्ने षडयन्त्रलाई सफल हुन नदिने भन्दै उनले गाउँ गाउँ संगठन गर्नुपर्ने आवश्यकता औल्याए ।

 

कार्यक्रममा बोल्दै पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यवादका विरुद्ध सुरुङ्ग युद्ध लड्नुपर्छ भन्ने पार्टी नै नरहेको भन्दै क्रान्तिकारी नेताहरुको स्खलन दयालाग्दो भएको बताए ।

 

सरकार भ्रष्टहरुको संरक्षक भएको र प्रमुख प्रतिपक्षी दल दिशाहीन भएकोले मुलुक जोगाउन अर्को शक्तीको आवश्यक छ भन्दै बर्तौलाले राप्रपालाई त्यो शक्ति बनाउन मेहनत गर्नु पर्नेमा जोड दिए ।

 

जिल्ला अध्यक्ष सोमेश्वर उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यद्वय नगिना यादव, राजदेब यादव, बिन्ती प्रसाद चौधरी र निरा झा लगायतले बोलेका थिए । प्रशिक्षक प्रशिक्षणमा जिल्लाका ७५ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार