• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

राप्रपाको राजनीतिक दललाई आव्हान, हिन्दु राष्ट्र स्थापनाको बहस शुरु गरौं 

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने तर्फ बहस प्रारम्भ गर्न  सम्पूर्ण राजनीतिक शक्तिलाई आब्हान गरेको छ । बिहीवार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको  केन्द्रीय कार्य सम्पादन समितिको बैठकले  मुलुकको विगत १३ बर्षको परिस्थिति र संविधान जारी भए पछिको ४ बर्षको अवस्थालाई दृष्टिगत गरी राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्त अनुरुप धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने तर्फ बहस प्रारम्भ गर्न दलहरुलाई आव्हान गरेको हो ।

 

बैठकपछि प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बिज्ञप्ति जारी गरि आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा राप्रपा उच्च प्राथमिकताका साथ सहभागी हुने निर्णय गरेको पनि जनाएका छन्  । बैठकले  संघीय, प्रादेशिक र स्थानीय तहमा हुने उपनिर्वाचनका उम्मेदवारहरु छनौट गरी सिफारिस गर्न यहि असोज १५ गते सम्मको समय निर्धारण गरेको छ ।

 

त्यस्तै विज्ञप्तीमा प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानमा हुने निर्वाचनमा उम्मेदवार छनौट गर्न प्रदेश कार्य समिति र सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गरेको जनाइउको छ । स्थानीय तहको हकमा मेयर, अध्यक्ष, उपाध्यक्ष छनौट गर्न सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले र वडा अध्यक्षको हकमा गाउँपालिका वा नगरपालिका कार्य समितिको सिफारिसमा जिल्ला कार्य समितिले निर्णय गर्ने गरी जिम्मेवारी प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ ।  ।

 

राप्रपाले मौजुदा बिभागहरुमा केही जिम्मेवारी हेरफेर र थप गरी देहायका व्यक्तिलाई जिम्मेवारी प्रदान गरेको छ । अन्तरराष्ट्रिय सम्बन्ध बिभागको प्रमुखमा अध्यक्ष कमल थापा, सदस्य सचिवमा प्रा.डा. गीताभक्त जोशी, प्रदेश समन्वय समितिको प्रमुखमा बरिष्ठ नेता दिपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी, प्रदेश नं। ५ को इन्चार्जमा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, मानव अधिकार तथा कानुन बिभागको प्रमुखमा उपाध्यक्ष टंक ढकाल, सदस्य सचिवमा सहायक महामन्त्री रेणुदेवी साह, सामाजिक बिभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की, सदस्य सचिवमा केन्द्रीय सदस्य आशा लामा, सुदुर पश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्र बहादुर चन्द रहेका छन् । 

 

त्यस्तै  केन्द्रीय निर्वाचन समितिको प्रमुखमा उपाध्यक्ष तोरण बहादुर गुरुङ्ग, सदस्य सचिवमा बरिष्ठ अधिवक्ता राजु बस्नेत, धौलागिरी क्षेत्रको प्रमुखमा उपाध्यक्ष भिम प्रसाद गौचन, प्रदेश नंं २ को इन्चार्जमा उपाध्यक्ष महेशलाल महासेठ, विशेष कार्ययोजना परिचालन समितिको प्रमुखमा प्रवक्ता सुशील कुमार श्रेष्ठ, सदस्य सचिवमा सहायक प्रवक्ता रमानन्द न्यौपाने रहेका छन् । 

 

त्यस्तै अक्षय कोष निर्माण समिति तथा उपनिर्वाचन परिचालन समितिको प्रमुखमा प्रवक्ता निलकण्ठ काफ्ले, उद्योग प्रवर्धन विभागको प्रमुखमा सहमहामन्त्री दिपक बहादुर सिंह, वैदेशिक रोजगार समन्वय बिभागको प्रमुखमा सहमहामन्त्री चन्द्र बहादुर गुरुङ्ग, पार्टी सम्पत्ति संरक्षण बिभागको प्रमुखमा सहमहामन्त्री भरत रायमाझी, कर्णाली प्रदेशको इन्चार्जमा सहमहामन्त्री राजेन्द्र विर राय, विपद व्यवस्थापन विभागको प्रमुखमा सहायक महामन्त्री इन्द्र चित्रकार, सूचना तथा प्रविधि बिभाग ९आइ।टी।० को प्रमुखमा सहायक महामन्त्री राजाराम बर्तौला रहेका छन् ।  

 

राजनीतिक विभागको सदस्य सचिवमा सहायक महामन्त्री बसन्तमान सिंह अधिकारी, सहकारी समन्वय विभागको प्रमुखमा सहायक महामन्त्री तिर्थराज चटौत, प्रवासी महासंघको प्रमुखमा सहायक महामन्त्री प्रेम कुमार श्रेष्ठ, यातायात विभागको प्रमुखमा सहायक महामन्त्री लिलादेवी श्रेष्ठ, सदस्य सचिवमा देवेन्द्र प्रधान, पर्यटन बिभागको सदस्य सचिवमा सहायक महामन्त्री मदन बहादुर कार्की, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहायक महामन्त्री विन्दु पहाडी, धर्म तथा संस्कृति समन्वय विभागको प्रमुखमा कान्ता भट्टराई, आर्थिक बिभागको सदस्य सचिवमा पुष्कर ढुङ्गेल, जनसम्पर्क विभागको प्रमुखमा दिलिप बस्नेत, बालबालिका तथा जेष्ठ नागरिक बिभागको प्रमुखमा अम्बिका प्रसाद अधिकारी, खेलकुद बिभागको सदस्य सचिवमा दिनेश कार्की रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार