• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

ओस्कारमा चलचित्र 'बुलबुल'

काठमाडौं । ९२औं ओस्कार अवार्ड लागि नेपाली कथानक चलचित्र 'बुलबुल' लाई नेपालबाट सिफारिस गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विनोद पौडेलले निर्देशन गरेको ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

 

विमल पौडेल अध्यक्ष तथा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामिप्यराज तिमल्सेना सदस्य र चिरञ्जीवी गुरागाईं सचिव रहेको समितिले ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

 

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्र मध्येबाट 'बुलबुल' लाई छनोट गरी सिफारिस गरेको हो। 

 

‘बुलबुल’ ले सन् २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । चलचित्रमा  स्वस्तिमा खड्का र मुकुन भुसालको प्रमुख भूमिका रहेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार