ओस्कारमा चलचित्र 'बुलबुल'
काठमाडौं । ९२औं ओस्कार अवार्ड लागि नेपाली कथानक चलचित्र 'बुलबुल' लाई नेपालबाट सिफारिस गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विनोद पौडेलले निर्देशन गरेको ‘बुलबुल’लाई सिफारिस गरेको हो ।
विमल पौडेल अध्यक्ष तथा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामिप्यराज तिमल्सेना सदस्य र चिरञ्जीवी गुरागाईं सचिव रहेको समितिले ‘बुलबुल’लाई सिफारिस गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्र मध्येबाट 'बुलबुल' लाई छनोट गरी सिफारिस गरेको हो।
‘बुलबुल’ ले सन् २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुसालको प्रमुख भूमिका रहेको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस