• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

ट्विटरका सीईओ ज्याक डोर्सीको ट्वीटर एकाउन्ट नै ह्याक

एजेन्सी । ट्वीटरका सह–सस्थापक तथा सीईओ ज्याक डोर्सीकै एकाउन्ट केही समय ह्याकरको नियन्त्रणमा गएको समाचार आएको छ ।

 

४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक, रंगभेदी, हिटलरको तारफ गरेको र 'ट्विटर हेडक्वार्टरमा बम' लगायतका सन्दर्भका ट्विट गरेका थिए । ती ट्विट १५ मिनेटसम्म रहेका थिए ।

 

चालिस लाख फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याक भएको १५ मिनेट कयैन अत्यन्त आपत्तिजनक र नश्लीय ट्वीट पोष्ट भएका थिए । ट्वीटरले आफ्ना प्रमुखको एकाउन्ट ह्याक गर्न कम्पनीको प्रणाली नभएर डोर्सीले प्रयोग गर्ने गरेको एक मोबाइल सिमको प्रयोग भएको जानकारी दिएको छ । 

 

ट्विटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

 

ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन। ट्विटरकि प्रवक्ताले बम त्रासको विषयमा अनुसन्धान भइरहेको र त्यसमा 'सत्यता' को आधार भने नदेखिएको बताइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार