• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
फेशन

तीज विशेष कार्यक्रममा अभिनेत्री सँचिता लुईटेल

काठमाडौं ।  महिलाहरुको विशेष पर्व हरितालिका तिजको अबसर पारेर शनिबार त्रिपुरेश्वर स्थित ब्लुस्टार इभेन्ट भेन्युमा रोज सिप विकाश तालिम केन्द्र द्धारा आयोजित ‘अण्डर सफ्ट तीज विशेष कार्यक्रम–२०७६’सम्पन्न भएको  छ ।

कार्यक्रममा चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएकी हाँस्य अभिनेत्री पल्पसा  डँगोल (चम्सुरी),  फेशन  कोरियोग्राफर जयन सुब्बा मानन्धर, फेशन डिजाईनर काजल शर्मालगायतलाई सम्मान गरिएको हो ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारँजितले समारोहमा स्वागत मन्तव्य राख्दै रोज व्युटी पार्लरले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको बताईन् । कार्यक्रममा रोज ब्युटी पार्लरका विधार्थीहरुले काजल क्रियसन द्वारा तयार पारिएको लेहँगा, चोली, सारी, ब्लाउज, गाउन लगायत विभिन्न पहिरनमा सजिएर क्याटवाक गरेका थिए । फेशन सो को शोस्टपरको  रुपमा अभिनेत्री सँचिता लुईटेल थिईन् ।


 सँचितासँगै रोज व्युटी पार्लरकी अध्यक्ष सोनी  कारँजित र फेसन डिजाईनर काजल शर्मा पनि र्याम्पमा उत्रिएका थिए । समारोहमा व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ का बिजेता  सरु जोशी, फस्ट रनरअप कविता लामा, सेकेन्ड रनरअप मुना श्रेष्ठ र पपुलर अवार्ड बिजेता इमिका श्रेष्ठले  क्याटवाक गर्दै अन्डरसफ्टको नयाँ प्रोडक्ट सार्वजनिक गरेकी हुन ।

 

फेशन शोको कोरियोग्राफी रोमी खड्गीले गरेकी थिईन् ।कार्यक्रममा गायिका जुनु रिजाल काफ्लेको तीज गीत  सँगै म्याकुरी पल्पसाको प्रहसनले दर्शकहरूलाई थप मनोरंजन प्रदान गरेको थियो । उत्कृकष्ट शृंगार गरेर आएका तीन महिलालाई रोज तिज क्विन–२०७६ घोषणा गरिएको थियो ।

 

रोज तीज क्वीन २०१९ को उपाधि बुटवलकी ब्युटिसियन गोमा पुनले, फस्ट रनरअपको उपाधि ब्युटिसिनय रिना तामाङले र सेकेन्ड रनर अपको उपाधि ब्युटिसियन भावना ढकालले प्राप्त गरेकी थिइन ।

प्रस्तुती : जयन सुब्बा मानन्धर

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार