• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

लामिछानेसहित तीन जनालाई अदालत लगियो, रवि लामिछानेका समर्थकमाथि प्रहरीको लाठीचार्ज

चितवन ।  शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित ३ जनालाई आज जिल्ला अदालत चितवनमा  लगिएको छ ।

 

हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको हो ।

 

पुडासैनीले गत साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए  ।

 

लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुने बताइएको छ ।

 

बहस सकिएपछि  पत्रकार रवि लामिछाने  रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतले जनाएको छ ।

 

पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल  अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आरोप लगाउँदै गरेको भिडियो रेकर्ड उनको मृत्युपछि सार्वजनिक भएको थियो।

प्रदर्शनमा उत्रेका समर्थकहरुले‘निर्दोस नफसोस, दोषी नबचोस’भन्दै नारा लगाएको चितवनबाट शिब पौडेलले जानकारी दिएका छन ।


पौडेलका अनुशार हिजोको तुलनामा आज लामिछानेका समर्थकको संख्या बढेको छ । प्रदर्शनका क्रममा केहि सामान्य घाइते समेत भएका छन ।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार