• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

अभद्र व्यवहार गरेको आरोपमा एनआरएनए अध्यक्ष भवन भट्ट सिंगापुर जान पाएनन्

काठमाडौं । सिंगापुर जान लागेका गैर-आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेले अधिक मद्यपान गरेर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा सिल्क एयरले विमानबाट उतारेको छ।

 

सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ ९कल साइन एमआई ४१३० बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका दुबैलाई विमानमा बसिसकेको अवस्थामा फर्काइएको हो ।

 

विमान चढेर सिटमा बसिसकेका उनीहरूलाई सिल्क एयरका क्याप्टेनले  उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए। त्यसमा विवाद भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सोतर्फ जान लागेका आफूहरुलाई सिल्क एयरलाइन्सले अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ। उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार