• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारको छ लाख राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप रु छ लाख प्रदान गरेको हो ।

 

राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले आज खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गरेको जनाइएको छ । प्रदेश सरकारले प्रति मृतकलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको रु छ लाख प्रदान गरिएको हो ।

 

पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो । घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो ।

 

विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि रु ४० हजार प्रदान गरेको थियो । श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए ।
 

पहिरोमा पहिरोका कारण सर्वस्व गुमाएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो । पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा छलफल भएको थियो

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार