• शुक्रबार ७-२९-२०७६/Friday 11-15-2019
अन्तर्वार्ता

‘अहिले टेलिफिल्ममा बजेट अभाव छ’

काठमाडौं । नेपाली कला क्षेत्रमा हरिवंश आर्चायको छुट्टै परिचय छ । उनी सुपरिचीत हाँस्य कलाकार हुन ।  लाल पुर्जा, पन्द्र गते, भकुण्डे भूत, हरि बहादुर र मदन बहादुर, दशैंको च्याङ्ग्रा  उनका कमेडी टेलिश्रृंखलाहरू मध्यका चर्चित टेलिश्रृंखलाहरु हुन । मदनकृष्ण श्रेष्ठ र उनको जोडी ‘महजोडी’ का प्रस्तुतिहरु लोकप्रिय छन । आर्चायले गाईजात्रा महोत्सवमा वि.सं. २०३४ मा भाग लिएपछि  उनको प्रसिद्धि  बढ्यो। उनले दुईवटा उपन्यास पनि लेखेका छन । बलिदान, लोभिपापी, फिलिम, राजामति,  जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री उनका लोकप्रिय चलचित्र हुन ।

 

तपाईलाई बुढेसकाल भन्ने शब्दले निकै छुन्छ हो ?  
पछिल्लो समयमा एउटा गीत गरे । ‘बुढो हुने मन छैन’ भन्ने राम्रो प्रतिक्रियाहरु आइरहेका छन । कतिपयले महजोडी पाको भइसक्यो भन्छन, तर हामीमा युवा जोश अहिले पनि छ भन्ने लागेर यो गीत बनाएको हो । 
 

 

पछिल्लो समय चलचित्र ‘दाल भात तरकारी’ आयो, यसबारे कस्तो प्रतिक्रिया पाउनुभयो ?
चलचित्र ‘दाल भात तरकारी’ ले मिश्रित प्रतिक्रिया पायो । चलचित्रकोे सफलताको जस हामीले पाएनौ । हामीले चलचित्रमा केही नाटक पनि मिसाउन खोजेका थियौं ।  रंगमंचको प्रभाव र चलचित्रलाई फ्युजन गरे कस्तो होला भन्ने लागेर त्यस्तो गर्न खोजेका थियौं तर त्यसमा अलि लामा दृश्यहरु भए । एउटै कोठामा धेरै दृश्यहरु थिए र नाटकको हिसाबले बोल्दा चलचित्र लाउड भयो भन्ने प्रतिक्रिया आयो । चलचित्र समग्रमा त्यति नराम्रो होइन तर लाउड भयो भन्ने प्रतिक्रिया आइसकेपछि हामीले त्यसलाई मनन पनि ग¥यौं । अरुले देखाउनु भएको बाटोलाई हामीले नराम्रो भन्न पनि त मिलेन ।
 

 

यदी चलचित्र र टेलिचलचित्रमा कुनै रोज्नु पर्यो भने के गर्नुहुन्छ ? 
टेलिचलचित्र नै राम्रो हो तर टेलिचलचित्रमा बजेटको एकदमै आभाव हुन्छ । पैसा लगाए पनि फिर्ता हुन गाह्रो हुन्छ । हामीले पहिला पहिला निर्माण गरेको टेलिचलचित्र दशैँ, पन्द्रगते, चिरञ्जिवी, लालपुर्जाहरु बनाउँदा त्यो हामीले शोखले बनायौ । त्योबेलामा पैसा नभए पनि टेलिभिजनमा नाम आउँछ, सबैले चिन्छन, अनुहार देखिन्छ भन्ने मोह थियो । हामीले त्यो हिसाबले काम गर्‍यो  । 

 

अहिलेको समय निकै फेरिएको छ । हामीले हिन्दी टेलिचलचित्रहरुसंँग प्रतिस्पर्धा गर्नुपर्छ ।  नेपालमा अनगिन्ती टेलिचलचित्र प्रशारण हुने च्यानलहरु छन । हामीले अरु भन्दा भिन्न र सबैलाई मन पर्ने कसरी बनाउन सकिन्छ भन्ने कुराहरुलाई ध्यान दिएर टेलिचलचित्र बनाउनु पर्छ । 

 

यसमा एउटा राम्रो टेलिचलचित्र बनाउन पर्यो भने छ देखि सातलाख त आधि घण्टामा नै खर्च हुन्छ । टिभीमा हामी चाहँदा चाहँदै पनि जान सकेनौ । हामीले मदनबहादुर हरिबहादुर, आमा भन्ने धेरै लामा टेलिश्रृङखला बनायौं । त्यो समय केहि फरक थियो देशमा द्वन्द्व समाधानका लागि काम हुदैं थियो । यसमा हामीले केहि सहयोगहरु पनि पायौं जसले गर्दा टेलिश्रृङखला बनाउन पनि आर्थिक रुपमा मद्दत पुग्यो ।

 

त्यस्तो किसिमको कामहरु अहिले छैन त्यसैले पनिे टेलिभिजन कै बजेटमा आधार भएर टेलिफिल्म बनाउन गाह्रो हुन्छ । अहिले हामीले मानव अंग प्रत्यारोपणको बिषयमा टेलचिलचित्रको सूटिंग सक्कायौं । 
 

 

अहिले टेलिफिल्म प्रति दर्शकहरुको त्यति उत्साह देखिँदैन ? यसको कारण के होला ?
त्योबेलामा कुन छान्ने भन्ने थिएन । नेपालमा नेपाल टेलिभिजन र भारतको दुरदर्शन मात्र थियो । त्यसमा पनि कार्यक्रम देखायो कि हिट हुन्थ्यो । त्यतिबेला मान्छेहरु खोजी खोजी महिनौंसम्म कुरेर टेलिफिल्म हेर्थे । हाम्रो पन्ध्र गते, लालपुर्जा, दशैं, चिरन्जिबी  टेलिफिल्म आउँदा फलानो मान्छेको टेलिफिल्म आउँछ छुटाउनु हुँदैन भन्ने चलन थियो । टेलिफिल्म हेर्नको लागी भनेर डाक्टर क्लिनिक नै चाडो बन्द गरेर जान्थे । 

 

यही हो, त्यो समय दर्शकहरुलाई छान्नु पर्दैन थियो तर अहिले अलि फरक छ । अहिले अनगिन्ति च्वाइस छन् । मान्छेहरुको हातमा मोबाइल छ मोबाइलमा छिन छिनमा एउटा एउटा कार्यक्रम हेर्न मिल्छन् । अहिले यो छुट्ला त्यो छुट्ला भन्ने छैन । 
 

 

तपाईको जीवनको उत्तिकै चर्चा हुने हास्य पात्र केहि सम्झिनु हुन्छ ?
मलाई अहिले मान्छेहरुले तपाईले अभिनय गर्नुभएको टेलिचलचित्र लालपुर्जा, पन्द्रगते, बनपाले ,चिरञ्जीवि, कान्तिपुर धेरै राम्रो भनेर चाही प्रतिक्रियाहरु दिईरहनुहुन्छ । मदनबहादुर हरिबहादुर कति राम्रो भन्ने कुरा आउँछ र मैले एउटा नढाटि भन्नु पर्दा यदी युटुब नभएको भए हाम्रो अस्तीत्व खतम भैसक्थ्यो किनभने हामीले हप्तै पिच्छे नेपाल टेलिभिजनमा कार्यक्रम गर्दैनौं । हप्तै पिच्छे रंगमंचमा कार्यक्रम हुँदैन । हामी बर्षेनी चलचित्र पनि बनाउँदैनौं र हामी त यसरी सेलाएर जानुपर्ने हुन्थ्यो । तर हामी यती भाग्यमानी रहेछौं कि हाम्रो पालामा युटुबको पनि जन्म भयो । 

 

नेपाल टेलिभिजनले हाम्रो कार्यक्रमहरुलाई जुन संग्रह गरेर राख्नुपर्थ्यो त्यो हाम्रो मात्र होइन अन्यहरुको पनि हो । तर अहिले खोज्न गयो भने ती सबै प्रबिधि पुराना भइसकेका छन् र अब त स्क्र्याच पनि आउन थाल्यो होला । अब भोलीका पुस्ताले पुराना टेलिफिल्म हेर्न गाह्रै हुन्छ । अझ आजकै दर्शकहरुले हेर्न खोजे भने पनि पाउँदैनन् । तर युटुबको प्रयोग अहिले सबै कुरा हेर्न सकिन्छ । जसले जे खोजे पनि त्यहाँ उपल्वध हुन्छ । 
 

 

तपाईलाई मन भएर पनि गर्न नपाउनु भएको कुनै भूमिका छ ?
म संग मनमा धेरै पात्रहरु छन् । अब त्यसलाई मनमा मात्र होइन चलचित्र वा टेलिचलचित्रमा व्यक्त गर्न सकियो भने राम्रो हुन्छ । त्यो सोचेको पनि छु । मैले केही त्यस्ता चिजहरु जम्मा पनि गरेको छु । कति कुराहरु उमेरले पनि त्यस्तो हुँदोरहेछ । अब पहिलेको टेलिचलचित्र पन्द्रगते रिमेक गरे बनाइयो भने मैले त्यसमा छोराको भुमिका गर्न पाउँदिन । यो किनभने अब मेरो उमेर छैन र पहिलाको जस्तो अभिनय गर्न सकिँदा पनि सकिदैन । 
 

 

अबको दिनमा तपाईलाई दर्शकले कस्तो भूमिकामा देख्न पाउँछन् ?
म एउटा चलचित्रको स्क्रिप्टिङ गर्दैछु । चलचित्रमा दर्शकहरु हाँस्न पनि पाउनु हुन्छ । चलचित्रमा अहिले भएका राजनीतिक बिकृतिहरुलाई पनि समावेश गर्न खोजेका छौं । दर्शकको चाहना भनेको हलसम्म आएर एउटा राम्रो चलचित्रको अपेक्षा जस्तो हामीले बलिदानमा गरेका थियौं । मेरो चाहना यो हो कि दर्शक हलसम्म आएपछि चलचित्र हेरुन्जेल रमाइलो महशुस गर्नुहोस् । अहिले त्यही अनुरुप म मानसिक रुपमा तयार हुँदैछु । 
 

 

फुर्सदमा के गर्नुहुन्छ  ?
फुर्सदमा लेखपढ गर्छु । चलचित्रका स्क्रिप्ट लेख्छु । अब एउटा किताब लेखुं कि भन्ने सोच बनाएको छु । एउटा किताबको संग्रह निकाल्ने सोच बनाएको छु जुन दश देखि बाह्र वटा शिर्षकमा हुन्छ होला । मैल पाँच छ वटा तयार पारेको छु । अबको एकवर्षमा एउटा किताब निकाल्छु होला । केही बाहिरका कार्यक्रमहरुको तयारी पनि गर्दैछु ।  
 

 

अहिले चलचित्रमा रंगमञ्चका कलाकारहरुको हावी धेरै भयो भन्ने सुनिन्छ ? के यो राम्रो हो ?
यो एकदम राम्रो पक्ष हो किनभने रंगमंच भनेको स्कुलिङ हो । त्यसमाथी हामी पनि रंगमंचबाट आएका मान्छे हौ । रंगमंचमा काम गर्ने मान्छेमा  विश्वास बढि हुन्छ र डर हुँदैन किनभने दर्शक सामु आगाडी रहेर सय दुईसय जनाबाट तुरुन्तै प्रतिक्रिया पाइन्छ । यही कारणले पनि मान्छे माझ स्टेजमा जाने आट आउँछ । रंगमंचमा धेरै पटक रिर्हसल गरिन्छ र कलाकारमा निखारता आउँछ । रगमञ्चका कलाकार चलचित्रमा प्रवेश हुनु भनेको एकदमै राम्रो लक्षण हो ।
 

 

अन्य कलाकारहरु समाजसेवा पनि गर्दैछन, मह–जोडीले किन नगरेको पनि भन्छन नि ? 
स्कूल पढदा सार्वजनिक चासोका विषयमा कामहरु गर्‍यौं । विगतका समयमा पत्रकारहरु माथी आर्कमण हुदाँ उचार खर्चमा सहयोग गर्‍यो  । साहित्यकार,कलाकर्मीहरु विरामी हुदाँ आर्थिक सहयोग उपचारमा केहि सहयोगहरु त गर्दै आएका छौं ।

 

जन–आन्दोलन प्राथमिक उपचार कोष भनेर हामीले ६२/६३ सालको आन्दोलनमा ५ करोड जति संकलन गरेका थियौ,सात हजार भन्दा बढीको उपचार गर्‍यौ । सामज सेवामा यसरी पनि गर्न सकिँदोरहेछ भन्ने कुरा अलिकति प्रमाणित चाही गर्न खोज्यौ तर अब मेरो घरको परिस्थिति मेरो उमेर मदन दाईको परिस्थिति उहाँको उमेर र स्वास्थ्यले गर्दा समय दिन नसकेको हो । दिनरात खटेर हिड्ने हामीसंग समय पनि छैन र पछिल्लो पुस्ताले जुन गरिराख्नु भएको छ त्यसबाट हामी खुसी छौं । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार