• सोमबार ५-३०-२०७६/Monday 09-16-2019
मनोरञ्जन

चित्रले धेरै ठाउँमा आफैं बोल्ने काम गर्छ 

व्यस्थता
अहिले खासै त्यस्तो केही छैन । घरमा बस्ने र रंगहरु कोर्ने काम भईरहेको छ । अझ आफुलाई निर्खान खोजिरहेको छु । 

 

चित्र कोर्न शुरुवात
यसैमा निरन्तर रुपमा लागेको एक वर्ष भयो । 

 

चित्रकला सगै पढाईको निरन्तरता 
मैले १२ बिज्ञान संकाय लिएर पढेको हुँ। त्यसपछि मैले पढिन। तर मेरो पढाईमा पुर्णबिराम भने लागेको होइन। चित्रकलामा रुची भएकोले यसैलाई नै व्यवासायिकरण गर्ने सोच बनाएको छु। मलाइ चित्रकलामा रुची भएको कुरा त अवगत गराइहाले। म यहि विषयमा रहेर चित्रकलासँग सम्बन्धित पढाईलाई निरन्तरता दिन चाहन्छु।
 

चित्रकलाबाट जीवन गुजारा 
हामी भन्छौ नि, जहाँ राम्रो गर्न सक्यो त्यही सफल हुन सकिन्छ । पहिलो कुरा मेहिनत हो। यो क्षेत्रमा मैले मेहिनत गरे भने म आर्थिक रुपमा पनि सफल हुन्छु र परिवारको गुजारा पनि गर्न सक्छु । कलाको सम्मान हुनु भनेको एउटा आर्थिक पाटो पनि हो जस्तो लाग्छ। अहिले पनि म यसलाइ व्यवसायीक हिसाबले नै अगाडि बढाइरहेको छु। अहिले आर्ट स्टुडियो नखोलेपनी भबिष्यमा एउटा आर्ट स्टुडियो खोल्ने सपना बोकेको छु।

 

चित्रको मूल्य 
हुन त कलाको मूल्य हुँदैन। तर हामी जस्ता स्केच आर्टिस्टको गुजारा गर्ने माध्यम नै यही हो। त्यसैले एउटा स्केच बनाएको म दुई हजारसम्म लिन्छु।

 

कलाको क्षेत्रमा स्थापित हुन सजिलो 
मेरो जन्मस्थल नै झापा हो। म झापाको शान्तिनगरमा जन्मेको हु। गाह्रो त हुन्छ नै तर संघर्ष गरेर पाएको सफलता सधै महत्वपूर्ण हुन्छ। त्यसैले म झापा मै रहेर चित्रकलाको माध्यमबाट झापा साथै समग्र देशलाइ चिनाउन चाहन्छु ।

 

आफनो कामको श्रेय 
मेरो बुवा पनि चित्र नै कोर्नुहुन्थ्यो। तर मैले जति सेवा सुबिधा सायद त्यो समय उहाले पाउनु भएन । बुवाले सानै देखि मलाइ रंग सग खेल्न, भिज्न सिकाउनु भयो। त्यसैले म मेरो प्रेरणा बुवालाई नै मान्छु।

 

बाल्यकालमा कोरेको चित्र
म सानामा खुब चित्र कोर्थे। साथीहरु जमातमा खेल्थे भने म रंगहरु, पेन्सिल सग खेल्थे। मैले स्कुलका धेरै प्रतियोगितामा मेडलहरु पनि जितेको छु। त्यहाँबाट म मा चित्रकला प्रतिको प्रेम अझै बढेर आयो।

 

सेलिब्रिटिहरुको चित्र
सबैको छैन । तर  अर्पण शर्मा, नवराज पराजुलीलाई भने भेटेरै दिएको छु। अरु सामु फोटो मात्र भएपनी पुगेको छ सामाजिक संजालबाट। सबैबाट राम्रो प्रतिक्रिया पाएको छु।

 

चित्र बनाउन कल्पनामा सजिलो कि यथार्थमा 
हामीलाई देखेका कुरा बनाउन सजिलो हुन्छ । जसरी म कल्पना गरेर बनाउँछु, त्यो बनाउन जति समय लाग्छ,त्यो भन्दा कम देखेका चित्र बनाउन लाग्छ।  म एउटा देखेको चित्र ६ घण्टामा बनाइसक्छु भने कल्पना गरेर बनाउन धेरै समय लाग्छ।
 
 

व्यवसायिक रुपमा लागेको
मैले आजसम्म त्यसरी स्केचको लागि भनेर छुट्टै कक्षाहरु  लिएको छैन। मैले  जति गरिरहेको छु आफ्नै मेहिनत  र सिकाइबाट नै हो ।  मैले शुरुमा मेरो बुबाको प्रेरणबाट नै पेपरमा चित्रहरु कोर्न थालेको हुँ, पछि सबैजनाले राम्रो छ मितीले कोरेको चित्रहरु भनेर हौसला दिनुभयो । त्यसपछि यसलाई नै व्यवसायिक रुपमा गर्न थालेको हुँ । सानै देखि कोर्थे चित्र। तर जब मैले १४र१५ वर्ष को  हुँदा आफ्नो कला लाई नजिक बाट चिने अनि  चित्रहरू कोर्न अभ्यास गर्दै  जाँदा   परिवार र साथिहरुबाट हौसला पाउदै गएपछि चाहिँ स्केच आर्टिस्ट भएर नै भविष्य बनाउँछु भन्ने सोच आएको हो । 
 
   
स्केच आर्टिस्टको भुमिका 

हामी भन्छौ नी तस्वीर आफै बोल्छ। चित्रले पनि धेरै ठाउँमा आफै बोल्ने काम गर्छ। मैले सामाजिक रुपमा यसलाई हेर्दा  कतिपय ठाउँ जस्तै अनाथलय, बृद्दाआश्रम, स्कुलमा निशुल्क चित्र नै दिएर सहयोग गर्न सक्छु। यो पनि एउटा सामाजिक काम हो जस्तो लाग्छ।


 
उदेश्य 
म पूर्व को आर्टिस्ट भएको नाताले पहिलो प्राथमिकता आफ्नै ठाउँलाई राखेर कुनै संस्था या विद्यालयमा  चित्रकलाको कक्षाहरु साथै आर्ट ग्यालरी सुरु गरेर स्केच आर्टिस्टको तालिम अरुलाई पनि दिने सोच बनाएको छु । म मेहिनत मा विश्वास गर्छु । मेहिनत गरेर आफुलाई यो कलामा पोख्त बनाउन चाहन्छु र आफ्नो ठाउँ आफ्नो देश कलाको माध्यमबाट चिनाउन चाहन्छु।

 

प्रस्तुति  : संस्कृति रिजाल

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार