• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

ट्राफिक प्रहरी र हामी

प्रहरी र नागरिक बीचको सम्बन्ध अचम्मको हुन्छ । प्रहरीलाई गाली गलौज नगर्ने नागरिक भेट्टाउन कठिन हुन्छ अर्कोतर्फ प्रहरीको अभावमा समाज संचालन हुन नै सक्दैन । प्रहरीको आवश्यकता महशुस नगर्ने सर्वसाधारण नागरिकहरु त परै जाओस अपराधी पाउन समेत कठिन हुन्छ । सर्वसाधारणलाई जस्तै अपराधीलाई समेत भौतिक सुरक्षाको आवश्यकता हुन्छ । अपराधी कै निमित्त पनि उ भन्दा ठुलो वा शक्तिशाली अपराधीबाट जोगिनका निमित्त आवश्यकता त प्रहरी नै पर्दछ । सुरक्षित हुन वा आफु सुरक्षित भएको अनुभुती कै निमित्त पनि समाजमा प्रहरीको आवश्यकता हुन्छ । कानुनको रखवाली प्रहरी बाहेक अरु कसले गर्ने ? कानुनको पालना नभएको समाज कल्पना गर्न  कठिन हुन्छ ।

 

यो आलेख अत्यन्तै महत्वपुर्ण बिषय प्रहरी तथा नागरिक बिचको सम्बन्धमा केन्द्रित छैन । त्यसो त जनपद तथा शसस्त्र प्रहरी बीच राजनीतिक तहबाट शुरुवात गरिन थालेको गतिरोध वा विवादका बिषय उठान गर्ने तर्फ उन्मुख पनि छैन । प्रहरीका निमित्त राष्ट्रले ब्यहोर्ने आर्थिक व्यवहार तथा समाजलाई प्रहरीद्वारा उपलब्ध हुदै आएका सेवाहरुको मुल्यांकन गर्नु पनि किमार्थ होइन । बिषय सायद विश्वकै अत्यन्त जोखिमपूर्ण अवस्थामा कार्यरत रहेर अहोरात्र धुलो, धोनी प्रदुषणको मारबाट आयु छोट्याउदै कर्तब्य पुरा गर्र्दै नागरिकका गाली गलोज खेप्दै उनीहरुको सुविधा तथा सुरक्षाका निमित्त अहोरात्र खटिने ट्राफिक प्रहरीहरुको बारेमा हो । उपल्वध तथ्यांकहरुबाट प्रष्ट हुन्छ देशमा अनियन्त्रित रुपमा सडक दुर्घंटनाको ग्राफ उकालो लाग्ने क्रममा छ । सडक दुर्घटनाको न्युनिकरण ट्राफिक प्रहरीलाई प्रभाकारी नतुल्याउनु सम्भव छैन भन्ने पंक्तिकारको विश्वास छ । 

 

परिदृश्य १ 
चारवर्ष अघि शनिबारका दिन नयाँ गाडी ‘ड्राइभ’ गर्दै घर (थैब) बाट सातदोबाटोतर्फ जादै थिए ।  कुकुर, गाई बाच्छा तथा केही पैदलयात्रीहरुले सडक कब्जा जमाउँदै गरेको अवस्थामा जतिसुकै रहर लागे पनि गाडीको रफ्तार ढिलो गर्नुको बिकल्प थिएन ।  जनावर तथा पैदलयात्रीहरुको शुर तथा गतीलाई दखल नदिँदै हर्न नबझाई गाडी चलाउँदै अघी बढ्न सकेकोमा आफ्नो गाडी संचालन गर्ने कलाको मन मनै प्रशंसा गर्दै सडकका खाल्डाखुल्डीहरु छल्दै म अघी बढदै थिए ।  

 

सानो ‘हात्तिवन’ बायाँ अनि तथा दायातर्फ ‘लिटिल एन्जल्स स्कुल’ पार गर्नु पुर्व उत्तरतर्फको कहिले पनि प्रयोगमा नआउने सडकबाट एउटा निलो नम्बर प्लेटको टोयटा स्पोर्ट्स युटिलिटी भेइकल मूल सडकतर्फ बढदै गरेको देखा पर्यो । त्यस बाटोबाट बिगतमा कुनै सवारी साधन चलेको मैले देखेको थिइन । अकस्मात उक्त गाडी फुत्त मूल सडकमा निस्की हाल्यो । सो गाडी मेरो गाडीको पछिल्लो भागमा ड्याम्मै ठोकिन पुग्यो । 

 

मैले द्रुत गतिमा गाडी चलाएको भए सायद मेरो गाडी ठोकाईबाट वच्ने थियो होला । हुनत मेरो गति धेरै भएको अवस्थामा उक्त गाडी ठोकिन आइपुगेको भए नराम्रो दुर्घटना हुने सम्भावना पनि प्रचुर नै थियो । सडकको बायाँ छेउमा कोही पनि नभएको हुनाले कसैलाई पनि उक्त ठोकाईले हानि नोक्सानी पुर्याएन । बिदेशी नियोगको गाडी चालक सायद त्यस नियोगको नेपाली ‘बडे हाकिम’ थिए, एक्लै थिए । तिनी संगै अर्को व्यक्ति नभएको हुनाले मानवीय क्षति भएन ।

 

मेरो गाडीको पछिल्लो भागमा नराम्रैसंग ठोकिएको हुनाले क्षति चाही चित्त दुख्ने गरेर नै  भयो । रवाफिलो  सज्जन आक्रमक हुँदै मलाई गाली गर्दै सडकको बीचमै गाडी तेर्सार मसंग भिडन् आए । मेरो कारणले गर्दा दुर्घटना भएको तिनको आरोप थियो ।  संयम हुदै मैले तिनको आवेसलाई  मंथर बल्लतल्ल गर्न सके । हामी दुई चालकहरुमध्य कसको गल्ती गरेको कारण दुर्घटना भएको हो त्यो छुट्याउने कार्य प्रहरीले गर्छ भन्ने मेरो भनाइ थियो । तिनले फोन गर्न थाले के कुरा गरे मैले सुनिन । सातदोबाटो उन्मुख गाडी (हरु) लाई रोकेर त्यहाँको प्रहरी चौकीलाई दुर्घटनाको खबर गरीदिन अनुरोध गरे । निकैबेरको कुरानी पछि एक प्रहरी अधिकृत मोटरसाइकल चडेर आए । अनि दुबैलाई सातदोबाटो चौकीमा आउनु भनेर अघि लागे ।  

 

चौकीमा पुग्दा त्यहाँ गाडीलाई ठक्कर दिने कुटनीतिक नियोगको कर्मचारीका आफन्त प्रतिनिधि एक सज्जन हामी पुग्नु आगाव नै त्यहाँ पुगिसकेका रहेछन । उहाँले एकैपटक ‘जे हुनु थियो त्यो भईहाल्यो मिलापत्र हाकिमसाबले तयार पार्दै हुनुहुन्छ ,मिलापत्र गर्नुहोस् भनेर निसाफ सुनाए । म तिन छक्क । मैले प्रहरी अधिकृतलाई ‘मेरो गल्ती छ भने तपाइँले मलाई दोष लगाउनु होस अन्यथा उहाँको गल्ती हो भने उहाँलाई ।

 

गल्ती गर्नेले सजाय पाउनु पर्दछ के को मिलापत्र ?’ भनेर प्रतिबाद गरे ।  धेरै बेरसम्म चुप रहेका प्रहरीले आफ्नो निर्णय सुनाए, ‘गल्ती उहाँकै हो किन भने गाडीको पछाडी को दायाँ भागमा उहाँको अगाडीको बायाँ भागले ठोकिएको छ । तर यदी (म तिर फर्कदै) तपाइँ त्यही समय उक्त स्थानमा आइनपुग्नु नभएको भए दुर्घटना टर्ने थियो ।’ तिनको उक्त निर्णयको सुनवाई भएपछि म असमझमा परे त्यस निर्णयको प्रतिबाद कहाँ गएर गर्ने ? ‘दिनुहोस कुनै सादा कागज म सही छाप गरी दिन्छु’ भन्दा आफु पुग्नु पुर्व नै  तयार हँुदै गरेको ‘मिलापत्र’ मा सही गरेर बाटो लागे । 
 

 

परिदृश्य २ 
केही महिना अघि सातदोबाटो चोक पार गर्दै गर्दा धापाखेल चोकमा सदाझैँ बाटो काट्ने गाडी तथा पैदल यात्रीहरुको भिड थियो । तैनाथ ट्राफिक प्रहरी त्यो गंजागोल सम्हाल्न सकिराखेका थिएनन । तीनले मलाई हप्काउँदै अघी बढ्न आदेश दिए । सुस्तरी अघि के बढेको थिए गाडीको ‘बर्नेट’ ठोक्दै तिनी उफ्रन थाले ‘मलाई किच्यो मलाई किच्यो’ भन्दै । त्यो भिडमा प्रहरीलाई गाडीले किच्यो भन्दा म हडबडाउने नै भए ।

 

बास्तवमा मलाई गाडी अघी बढाउने आदेश दिँदा तिनको बाँयाखुट्टा गाडीको चक्का मुनी परेको रहेछ जुन मैले देख्ने सम्भावना नै हुँदैन । तिनलाई ठक्कर यदी दिएको भए तिनको पिढुलामा ठक्कर लागेर चोट लाग्ने थियो । प्रहरी जवानलाई नजिकको अस्पताल लगे एक्स–रे गरेपछि तिनको खुट्टामा कतै चोट नलागेको निस्कर्ष डाक्टरले निकाले । पाङग्राले तिनको बुढीऔला किचेको हुन सक्ने सम्भावना डाक्टरले सुनाए । ती प्रहरीलाई मैले आफुसंग भएको वालेट खाली पारेर ‘भाई दिउँसो खाजा खानु होस’ भनेर भएको रुपैयाँ अघी सारे ‘म घुस खान्न’ भनेको सुन्दा म चकित । घुस त म पनि दिनेवाला थिइन । घुस होइन भनेर पÞmकाउँदा पनि तिनले पैसा लिन इन्कार गरे ।      

 

आफुले भोगेको घटनाहरुको बृतान्त प्रस्तुत गर्नुको पछाडि केहि कारणहरु छन् :


(क) दुर्घटना जाँच गर्न आउने प्रहरीले कुनै जाँच गर्ने जागर देखाएनन् । दुर्घटना कसरी भयो त्यस बिषयमा सोधपुछसम्म पनि गरेनन, केवल आफ्नो मोबाइलले कुचिएको दुबै गाडीका भागहरुको तस्बिर खिचेर फर्किए । 


(ख) हामी प्रहरी कार्यालयमा पुग्नु अगावै मिलापत्र तयार हुन थालिसकेको थियो । 


(ग) कुनै पनि हालतमा यो मेल मिलापको मुद्दा वा बिषय थिएन । 


(घ) मैले जति सुकै आफुप्रति न्याय भएन भनेर कुन्ठिए पनि उजुरी गर्ने ठाउ कतै थिएन ।


(ङ) प्रहरी मध्य कति अर्काको कामाई खान हुँदैन भन्ने मान्यता अझै राख्छन् ।   
                      
उक्त दुबै घटनाको प्रस्तुतिको सबै भन्दा महत्वपुर्ण पाटो भनेको सडक नियमको पालना हो । जति धेरै बाटो काट्दा जेब्राक्रसिङबाट बाटो काट्नु आवश्यक छ तर जेब्राक्रसिङको चिन्ह् धेरैं ठाउँमा छैन र भएका पनि संकेत मेटिएका छन । पैदलयात्रु देखि सवारी चालक सबै आफ्नो अनुकुल बाटो काट्ने गर्दछौ । त्यसो त सवारी चालकहरुले जेब्राक्रसिङ आउनु पुर्व होसियार भएर सवारी साधनको गती कम तुल्याउने अनि रोक्ने तथा बाटो काटने पदयात्रीहरु छैनन् भने मात्र अघी बढने अनुशासनको पालना बिरलै हुने गर्दछन् ।

 

दोश्रो कुनै पनि सवारी चालकका निमित्त मूल सडक प्रबेश पुर्व सवारी साधन रोकेर दाँया बायाँ हेरेर मात्र अघि बढनु नितान्त आव्श्यक हुन्छ । बिरलै कुनै चालक देखेको छु, जसले यी दुई न्युनतम नियमहरुको पालन गर्दछन् । त्यसो हुनुमा प्रमुख जिम्मेवारी सवारी साधन प्रशिक्षक तथा अनुमतीपत्र दिने अथवा सिफारिसकर्ताहरुको हो । तर ती भन्दा बढी जिम्मेवार पैदलयात्रु देखि सवारी चालक (साइकल, स्कुटर, मोटर साइकल तथा गाडी चालकहरुको हेपाहा प्रवृतिले हुने गर्दछ ।

 

महाभारतमा उल्लेख भएको ‘पजलहरु’ मध्य एक पजल सडक प्रयोगकर्ताहरु जस्तै हो चाहे ती पैदलयात्री हुन अथवा सवारी साधन चालक नै किन नहोस्, सबैलाई आफ्नो सानो भन्दा सानो गल्ती अथवा लापरवाहीले गर्दा साना देखी अत्यन्त ठुला दुर्घटना हुन सक्दछ र जसको कारणले गर्दा आफ्नो तथा अन्य जोखिममा पर्ने प्रबल सम्भावना हुन्छ भन्ने थाहा छ ।  तर पनि सडक प्रयोगकर्ता यस बिषयमा सचेत वा सजग भएको बिरलै भेटिन्छ । ठाउँ टु ठाउँबाट बाटो काट्दा अथवा यु टर्न गर्दा रोकेर दाँया बायाँ हेरेर मात्र अघि बडे कति दुर्घटना न्युन हुने थियो । ट्राफिक प्रहरीले यो नियम पालना नर्गर्नेलाई जरिवाना गर्ने भए दुर्घटनाका घटनाहरु टर्ने थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार