• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

‘मिसेस तीज क्वीन काठमांडौ २०१९’ सम्पन्न

काठमाडौं । हिन्दु नारीहरुको महान चाड  तीजलाई लक्षित गरेर गत शनिबार  ‘मिसेस तीज क्वीन काठमांडौ २०१९’ सम्पन्न भएको छ । अन्य सौन्दर्य प्रतियोगिता भन्दा फरक यस प्रतियोगितामा  २२ बर्ष देखी  ७० बर्षसम्मका  उमेरका  ३५ जना महिलाहरुले सहभागिता जनाए । 

 

 साथै यस प्रतियोगितामा अन्य सौन्दर्य प्रतियोगिता जस्तो फस्ट रनर अप ,सेकेन्ड रनर अप नराखी उपाधि एकजनालाई मात्र प्रदान गरिएको थियो । त्यसै अनुरुप ‘मिसेस तीज क्वीन काठमांडौ २०१९’को उपाधि बुढानिलकण्ठ निबासी सिर्जना शाहीले जित्न सफल भइन ।

 

 त्स्तै अन्य उपाधिहरु मिसेस तीज क्वीन काठमांडौ २०१९, मिसेस बेस्ट ड्रेस हिरा सापकोटा, मिसेस बेस्ट डान्स शिला ठकुरी र मिसेस क्याटवाक संगीता श्रेष्ठले हात पार्न सफल भइन् ।

 

 मोडल रोमी खड्गीलाई  मिस क्याटवाक तीज क्वीनले  सम्मान गरिएको उक्त कार्यक्रममा  अग्रज महिलाहरु क्रमश शोभा देवी मोक्तान ,गिता लामा ,शान्तु लामा ,कान्ता थापा ,शशी तुलाधरलाई पनि  सम्मान गरिएको थियो । 

 

फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धरले  कोरियोग्राफि एवम संचालन गरेको कार्यक्रमलाई दरबारमार्ग स्थित शोभाज अप्टिंगले आयोजना गरेको हो ।


 कार्यक्रमको सफलतासँगै उत्साहित बनेका शोभाज अप्टिंगका प्रबन्ध निर्देशक संगीता मोक्तानले  आगामी दिनहरुमा यो प्रतियोगितालाई निरन्तरता दिई अझ बृहत रुपमा लैजानुपर्ने बताइन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार