• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सोह्र लाख भारतीय रुपैँया सहित पक्राउ

दाङ । दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकम सहित पाँच व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं २ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं ८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

 

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु सबैलाई सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

 

उनीहरुको साथबाट स्रोत नखुलेको भारु १५ लाख ७९ हजार ५८० रकम बरामद भएको प्रहरी नायब उपलरीक्षक शाहले बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार