• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन्। दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।  प्रधानमन्त्री स्वदेश फर्किने तिथीको भने अहिले नै टुंगो लागेको छैन्।  

 

प्रधानमन्त्री ओली यही अगष्ट ३ का दिन फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर स्वदेश फर्किएका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रगतमा क्रियाटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ। चिकित्सकको रायअनुसार प्रधानमन्त्रीको पुनः मृगौला ट्रान्सप्लान्टसमेत हुनसक्ने बताइएको छ।

 

यसअघि करिब १२ वर्षअघि उनको मृगौला फेरिएको थियो। उनी  फर्किएपछि संसदको बैठकलाई सम्बोधन गर्नुका साथै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपनि बोलाएका थिए।  यस्तै लामो समयदेखि थाति रहेको पार्टीको जिम्मेवारी बाँडफाँड समेत उनले यही छोटो समयमा टुंग्याएका छन्।

 

यसैगरी विगतको द्वन्द्वकालीन घटनालाई टुंग्याउनको लागि सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी छनोटको विषयमा पनि उनले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सहमति लिएर प्रक्रिया टुंग्याउने प्रयास गरेका छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार