• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

पुस्तक बिमोचनसँगै मेलमिलापकर्तालाई प्रमाणपत्र बितरण 

शर्मिला तिमल्सिना, काठमाडौं । काठमाडौं महानगरपालिकाले मेलमिलापकर्तालाई बुधबार प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराएको छ । 

 

महानगरपालिकाद्वारा आयोजित मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण र महानगरपालिका अन्तर्गत मेलमिलाप केन्द्रहरुमा सुचिकृत हुन इच्छुक मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण र महानगरपालिकाका कानुन महाशाखाका निर्देशक बसन्त आचार्यले लेखेका कृति “मेलमिलाप” नामक पुस्तक विमोचन समेत गरिएको थियो । 

 

मेलमिलाप परिषदका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती इश्वर प्रसाद खतिवडाले प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । सपथग्रहण काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सपथ ग्रहण गराएका थिए भने पुस्तक विमोचन सामुहिक रुपमा गरिएको थियो । 

 

महानगरपालिकाको आयोजना र तालिम प्रदायक नेपाल मेलमिलापकर्ता समाजद्वारा ०७६ जेठ २१ गते देखि असार १२ गतेसम्म पहिलो, दोस्रो र तेस्रो चरण गरि मेलमिलाकर्ताको प्रशिक्षण दिइएको थियो । 


तालिममा जम्मा ७५ जना प्रशिक्षार्थी सहभागी थिए । जेठ २१ गते महानगर प्रमुख विद्या सुन्दर शाक्यले तालिमको उद्घाटन गरेका थिए । महानगरका ३२ ओटा वडा र एउटा केन्द्र गरी ३३ ओटा केन्द्र रहने, महानगरपालकिामा सुचिकृत हुन एक सय ३३ जनाले निवेदन दर्ता गरेको कानुन महाशाखाका निर्देशक बसन्त आचार्यले जानकारी दिए । 

 

 

मेलमिलाप जीवनको एउटा बाच्ने शैली हो, समाजमा विवाद नहोस् भन्दा भन्दै पनि विवाद हुन्छ नै त्यो विवादलाई न्यायोचित निकास दिनु प्रमुख दायित्व हो सर्वोच्च अदालतका न्यायधिश तथा मेलमिलाप परिषदका अध्यक्ष इश्वर प्रसाद खतिवडाले बताए । 

 

समाजमा भएका विवादका पक्षहरुकोे बिचमा बसेर वार्तालाई सहजिकरण गर्दै पक्षहरुलाई जीत —जीतको महशुस गराई समाजमा भएको विवादका समस्या समाधान गर्नुपर्ने महानगर प्रमुख विद्या सुन्दर शाक्यको भनाइ थियो ।  

 

समाजमा भएका विवादको समस्यालाई बढि गम्भिर रुपले सोचेको र विवाद समाधान गर्नको लागि न्यायिक समितिलाई आइतबार र बिहिबार बिशेष रुपले आफुले समय दिइरहेको र समाजमा विवाद समाधान गर्न सबैको सहयोगको खाँचो पर्ने महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्कीले बताईन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार