• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

रहेनन् चलचित्र निर्देशक किशोर राना

काठमाडौं । चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ। ६४ वर्षीय रानाको उपचारको क्रममा बुधबार दिउँसो सवा तीन बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

वि.सं. २००७ साल माघ १२ गते सुनसरीमा जन्मेका राना लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनका दुबै मिर्गौलामा समस्या थियो । 

 

चलचित्र कर्जा, राँको, सीमारेखा, करोडपति, एक नम्बरको पाखे, सन्तानको माया लगायतका चलचित्र उनले निर्देशन गरेका थिए । उनले बलिउडमा करिब १५ वर्ष काम गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार