• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

भदौ १४ बाट मण्डलामा नाटक 'महाभोज'

काठमाडौं । गाउँमा चुनाव हुँदैछ, त्यही माहोलमा एकजना बिशु भन्ने मान्छेको निधन हुन्छ । चुनावले तात्तिएको बेला कसले गर्‍यो  होला उसको हत्या ? अनि किन भयो त उसको हत्या  ? यो समाज कस्तो हो जहाँ मानिस नै मानिसलाई लखेटिरहेछ । कहाँ जाँदैछ समाज ?

 

राजनीतिले कसरी समाजलाई कुरुप बनाउँदैछ भन्ने कुरामा आधारित नाटक हो ‘महाभोज’ । ‘महाभोज’ राजनीति केन्द्रित नाटक हो । नाटकलाई अनुप बरालले निर्देशन गर्दैछन् । हिन्दुस्तानकी प्रसिद्ध साहित्यकार मन्नु भण्डारीले लेखेको यस नाटकलाई विप्लव प्रतीकले नाट्य रुपान्तरण गरेका छन् ।  

 

मण्डला थिएटरको होम प्रोडक्सन रहेको नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईँ, दयाहाङ् राई, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, बिजय बराल, प्रमिला खनाल, सोमनाथ खनाल लगाएतका कलाकारहरुको अभिनय रहनेछ । 

 

नाटक भदौ १४ देखी असोज १२ गते सम्म अनामनगर स्थीत मण्डला नाटकघर मञ्चन हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार