• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

सेन्ट्रल जोन भलिबल : माल्दिभ्ससँग नेपालको हार

काठमाडौं । नेपाली पुरुष भलिबल टोली एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।  बुधबार बेलुका पाँच बजेबाट सुरु भएको खेलमा नेपालले तीनै सेटमा हार व्यहोरेको हो।

 

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको पहिले सेटमा माल्दिभ्सले २२ अंक मात्र पुर्याएको थियो भने नेपालले दोस्रो सेटमा २१ अंक प्राप्त गरेको थियो । यसैगरी तेस्रो सेटमा भने नेपालले १४ अंक मात्र जोडेर लज्जास्पद हार व्यहोरेको हो।  

 

माल्दिभ्स भने नेपाललाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्ससँगको हारसँगै समूह 'ए' बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौ स्थानको लागि समूह 'बी' को तेस्रो हुने टोलीसंग खेल्नेछ ।

 

माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले अब सेमिफाइनलमा समूह 'बी' को विजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

 

यस्तै समूह एबाट पनि कीर्गिस्तान यसअघि नै विजेताका रुपमा अघि बढिसकेको छ । अब नेपालले ५ औं स्थानका लागि समूह बी को तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार