• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रवास

सिड्नीमा स्याङजाली तीज मेला

सिड्नी । सिड्नी ,स्याङ्जा अष्ट्रेलिया सोसाइटीको आयोजनामा हुन लागेको स्याङ्जाली तीज मेलाले सिड्नीवासीलाई उत्साहित बनाएको छ ।

 

यही भदौ ६ गते शुक्रबार सिड्नीको आइडेन प्लेस रिसेप्सन सेन्टरमा आयोजना हुन लागेको मेलामा कलाकार चन्दा अर्याल लगायतले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक दिपक क्षेत्रीले जानकारी दिए ।


नेपालबाट धेरै टाढा रहेपनि आफ्नो संस्कृतिले नेपालीलाई बाँधिराख्न सहयोग पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको संयोजक क्षेत्रीको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार