• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

यू–१५ साफ च्याम्पियनसिपमा भारतसँग  नेपालको लज्जास्पद हार 

काठमाडौं । भारतको कल्याणीमा सुरु यू–१५ साफ फुटबल च्याम्पियनसिपमा नेपालले घरेलु टोलीसँग लज्जास्पद हार व्यहोरेको छ ।

 

आज भएको पहिलो खेलमा नेपालले भारतसँग ५–० को लज्जास्पद हार ब्यहोरेको हो ।  नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा दुई गोल खाएको थियो ।

 

भारतको जितमा महेसनले दुई गोल गरे । यस्तै अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरे ।

 

नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

 

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।  राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार