• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

मन्त्रिपरिषद्ले गर्‍यो १६ सचिवको एकैपटक सरुवा, को कहाँ ?  (सूचीसहित)

काठमाडौं । सरकारकारले आफ्ना कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेको एक महिनाभित्रै सचिवहरूको व्यापक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १६ जना सचिवको एकैपटक सरुवा गरेको हो ।

 

मन्त्रीहरूले सचिवसँग कम्तीमा पनि एक वर्षसम्मको कार्यसम्पादन सम्झौता गरे पनि सम्झौता गरेको एक महिनाभित्रै सचिवहरू व्यापक सरुवामा परेका हुन् । सचिवको सरुवासँगै मन्त्रीहरूले गरेको कार्यसम्पादन सम्झौता अलपत्र परेको छ ।

 

मन्त्रालयमा आएका नयाँ सचिवहरूसँग मन्त्रीहरूले पुनः कार्यसम्पादन सम्झौता गर्ने वा नगर्ने भन्ने अन्योलता सिर्जना भएको अधिकारीहरूले बताएका छन् । 

 

कुन सचिव कहाँ 

१. सूर्य गौतम – महालेखा नियन्त्रक कार्यालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालय


२.गोपीनाथ मैनाली – भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालय 


३.केदारबहादुर अधिकारी – वाणिज्य तथा आपूर्ति मन्त्रालबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 


४..मोहनकृष्ण सापकोटा – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सार्वजनिक खरिद अनुमगन कार्यालय 


५.बेगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमन कार्यालयबाट वित्त आयोग 


६ .वैकुण्ठ अर्याल – वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय 


७.माधव बेलवासे – राष्ट्रिय सर्तकता केन्द्रबाट खानेपानी मन्त्रालय 


८ .रामप्रसाद थपलिया – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय


९. सञ्जय शर्मा – ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय 


१०. खगराज बराल – शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय 


११. महेश दाहाल – श्रम मन्त्रालयबाट शिक्षा मन्त्रालय 


१२. विनोद केसी – राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय 


१३ .डा. हरि पौडेल – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपति कार्यालय


१४.महेन्द्रप्रसाद गुरागाईं – लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

 
१५.आनन्द ढकाल – प्रदेश ३ को प्रमुख सचिवबाट लोकसेवा आयोग 


१६.तीर्थ ढकाल – प्रदेश ५ को प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार