• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

अनमोल  र मिस्टर विनका फ्यान आयुव

आयुव सेन

काठमाडौं । आयुव अहिले ८ बर्षका भए । निर्माता तथा कलाकार सन्तोष सेन र युनिसा सेनका कान्छा छोरा हुन उनी । आयुवको एक जना दाई पनि छन् । उनको चारजनाको परिवार लाजिम्पाटमा बस्दै आएको छ । चक्रपथमा रहेको चाँदबाग स्कुलमा उनी कक्षा ४ मा अध्यनरत छन । साथीहरुसंग धेरै घुलमिल हुन मन गर्दैनन् आयुव ।

 

कम बोल्ने उनको स्वभाव नै हो । स्कुलमा हुने अतिरिक्त कृयाकलापहरुमा उनी सहभागी हुन रुचाउँछन । अन्य कृयाकलापमा भन्दा नृत्यमा उनको बडि झूकाव छ ।  आयुस र आयुबको कहिलेकाँही संगै घर बस्दा सानोतिनो झगडा पनि हुने गरेको छ । उनीहरुको झगडा चाहि कम्प्युटरमा गेम खेल्ने बिषयलाई लिएर हुने गरेको छ । 

 

स्कुल छुट्टी भएको समयमा दाजुभाई मिलेर कहिलेकाहि घुम्न पनि जाने गर्छन ।  उनीहरु धेरैजसो चिडीयाखाना जान रुचाउँछन् । घुम्न निस्केका समयमा केही खानेकुरा खानु पर्याृे धो उनी जुस खान रुचाउँछन । 

 

कक्षा ३ मा अध्ययन गर्दै गर्दा उनले ‘मेरी मामु’ मा अभिनय गर्ने अवसर प्राप्त गरे । सुरुमा उनलाई कसरी आफ्नो भूमिका गर्ने भन्ने भयो उनी अलमलमा परे ।  तर पछि बुवा सन्तोष सेनले उनको भूमिका बारे प्रष्ट पारे पछि उनलाई काम गर्ने सहज भएको कुरा उनले सुनाए । चलचित्र छाँयाकनको क्रममा उनले धेरै अनुभवी कलाकारहरुलाई भेटने अबसर पनि पाए । सबैको प्रेरणा र हौसलाले गर्दा उनले आफ्नो भूमिका अझै राम्रो बनाउने कोशिसमा छन् । नयाँ ठाउँमा घुमफिर गर्ने पाउँदा आयुबलाई रमाइलो लाग्छ । 

 

 

चलचित्र ‘मेरी मामु’ मा बाल कलाकारको भूमिकामा रहेका अयुव अहिले पनि उत्तिकै चर्चामा छन । एक बर्ष अघि प्रर्दशन भएको चलचित्र पछि उनको चर्चा झनै चुलिएको छ   । उनी अभिनित ‘मेरी मामु’ हाल युटुवमा ५० लाख बढीले हेरीसकेका छन । उनको चलचित्र हेरेपछि धेरैं दर्शकले उनको अभिनय रुचाएको प्रतिकृयाले उनी मख्ख छन । 

 

अब चलचित्रमा कहिले आउने भन्ने प्रश्नमा भने उनले भने , ‘पढाई सकेपछि कलाकारीता मै फर्केने हो, मेरी मामु चलचित्र गर्दा मेरो पढाईमा बाधा पुग्यो, नृत्य लगायतका कक्षाहरु अहिले पनि लिइरहेको छु । पढाईमा कठिनाई नहोस भनेर पनि तत्काल चलचित्र गर्दिन होला ’उनले भने । युटुवबाट चलचित्र हेर्नेहरुले मेरो अभिनय मन पराउनु भएकोमा म अत्यन्तै खुसी । चलचित्र खेल्न सूरु गर्दा उनी जम्मा ७ बर्षका थिए । उनले थाहा पाउने बेला देखी नै कलाकार बन्ने इच्छा सुनाउँथे । चलचित्र छाँयाङकनको पहिलो दिन क्यामरा फेस गर्दा उनलाई डर पनि लाग्यो , केही फरक अनुभव भएको उनले सुनाए ।  

 

नायक अनमोल केसी उनलाई मन पर्ने कलाकार हुन । अनमोल दाईको अभिनय  मन पर्छ उनले भने । फूर्सदको समयमा उनी अनमोलका चलचित्र हेर्ने मनपराउँछन । अयुव उतिकै मिलनसार पनि छन । तर केहि साथीहरुले भने अयुवलाई अत्यन्तै कम बोल्ने भनेर भन्ने गर्छन । चलचित्रमा अभिनय गरेपछि भने उनलाई स्कुलका धेरैंले चिने । केहि साथीहरुले त चलचित्रमा गरेको जस्तै संवाद र अभिनय गरेर देखाउन पनि अनुरोध गर्छन । 

 

 

चलचित्रमा आउनु अघी उनले केहि महिना अभिनयको प्रशिक्षण पनि लिएका थिए । उनले उक्त तालिम पछि चलचित्रका लागि काम गर्ने रुची भएको आफ्नो बुवा सन्तोष सेनलाई सुनाए । उनको अभिनयलाई बाबु सन्तोषले हेरेपछि उनी चलचित्रमा अनुबन्धित भएका हुन ।

 

चलचित्र छायांकनका क्रममा उनले नेपालका धेरैं जिल्ला घुम्ने अवसर पाए । सेनलाई मन पर्ने ठाउँ भने उनको जन्म स्थान पोखरा नै हो । जतिपटक पुगे पनि उनलाई पोखरा सधै नयाँ नै लाग्छ । पोखराको लेक साइडमा जुस पिउँदैं घुम्न मन पराउछन उनी । बिदेशमा उनी सिङगापुर घुमेका छन । त्यहाँको मनोरम दृश्यहरु अहिले पनि उनलाई संम्झना छ । अयुवलाई राम्रो नृत्य पनि आउँछ ।  त्यस्तै उनले पौडी खेल्न पनि जानेका छन । समय मिलेको बेलामा दाई र उनी ‘स्वीमिङ पुल’ पुग्छन । पौडी खेलदा शरीर हल्का हुने र कसरत पनि हुन्छ ।

 

उनी अन्य गृहकार्य भन्दा हिसाब र कमप्युटरको गृहकार्य छिटो छिटो गर्छन । पढ्दा पनि हिसाब र कम्प्युटर विषय अरु भन्दा उनलाई मनपर्ने विषय हुन । गृहकार्य सकेपछि उनी कम्प्युटरमा विभिन्न खेलहरु खेल्न रुचाउछन । 

 

ख्याती प्राप्त विश्वका चर्चित हाँस्य कलाकार मिष्टर विनका प्रस्तुतिहरु उनलाई अत्यन्तै मन पर्छन् । आयुव कहिले काही मिष्टर विनको नक्कल गरेर दाईलाई हसाउँने गर्छन । उनी अहिले कक्षा ४ मा अध्ययनरत छन । अध्यनसंगै उनलाई खेलमा पनि उतिकै रुची छ । फूटबल उनको मन पर्ने खेल हो । फूटबल संगै उनलाई पजलहरु मिलाउन मन पर्छ । केहि बर्ष पढाईलाई निरन्तरता दिने र पुन अभिनयमा फर्केने उनको योजना छ ।


 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार