• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, पुडासैनी र रवी लामिछाने प्रकरणमा पनि सवाल

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र प्रस्तोता रवी लामिछानेको गिरफ्तारीको विषय संसदमा प्रवेश गरेको छ। 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना सांसदले यो विषयलाई  प्रतिनिधिसभाको आइतबारको बैठकमा उठाएका हुन्। आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारवाही र समसामयिक विषयमा सम्बोधन गरेका थिए। 

 

प्रधानमन्त्रीको सम्बोधनपछि शून्य समयमा बोल्दै तत्कालिन माओवादी केन्द्रबाट बाँकेबाट निर्वाचित सांसद महेश्वरजंग गहतराजले रवी लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत भन्दै निन्दा र भत्सर्ना गरे। 

 

‘पुडासैनीको आत्महत्या प्रकरण र सोको अनुसन्धानका लागि रवी लामिछानेलाई गिरफ्तार घटनालाई लिएर के निहुँ पाउ, कनिका बोकाउ भन्ने उखानलाई चरितार्थ गर्दै गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ। म त्यसको निन्दा र भत्सर्ना गर्दछु’, उनले भने। 

 

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि, क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा, सुशासनका विरुद्ध भएको जिकिर गरे। 

 

‘मेरो मान्छे, मेरो मन परेको मान्छे, सुनपानीको चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छरु’ उनले प्रश्न गरे, ‘यसले अपराधलाई दुरुत्साहित होइन प्रोत्साहित गर्छ। म यसतर्फ सरकारको ध्यानाकर्षण गर्दछु।’

 

पूर्वएमालेबाट तर्फबाट ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञ सुनुवारले भने पुडासैनी आत्महत्या प्रकरण र रवी लामिछानेको अभियोगबारे जनतालाई जानकारी गराउन सरकारसँग माग गरे।

 

‘सत्य तथ्य छानविन गरी सरकारले जनतालाई जानकारी गराओस्। कोही पनि अपराधी नउम्किउन। निरअपराधी गिरफ्तारीमा नपरुन वा सजाय नहोस्, यसतर्फ सरकार सचेत बनोस्’, उनले भने। पुडासैनीका परिवारले न्याय पाउनुपर्ने भन्दै सांसद सुनुवारले त्यसका लागि कुनै निरअपराधीलाई फसाउन नहुने जिकिर गरे। रवी लामिछानेको गिरफ्तारीपछि चितवनमा उनको समर्थनमा प्रदर्शन भइरहेका छन् । नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार