• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

नायिका शिल्पा पोखरेल ओझालाई केही दिनको लागी राहत

काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

 

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो ।

 

छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ । अभिनेत्री पोखरेलले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी उच्च अदालत पाटनले खारेज गर्न अस्वीकार गरेको थियो ।

 

निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार