• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

कमेडी जनराको चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘च च हुई’ को फस्टलुक रिलिज गरिएको छ । सार्वजनिक दुई पोष्टरमा नायक आर्यन सिग्देल, नायिका मिरुना मगर, भोलाराज सापकोटा र माओत्से गुरुङलाई देख्न सकिन्छ । 

 

एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रको कथा रोमान्टिक कमेडी जनराको बनेको छ । चलचित्रलाई साम्तेन भुटियाले सम्पादन तथा निर्देशन गरेका हुन् भने सुशन प्रजापति चलचित्रका छायांकार हुन् ।

 

राजराज सिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापा चलचित्रका संगीतकार हुन् भने चलचत्रिमा श्री श्रेष्ठको एक्सन, शिशिर खातीको कोरियोग्राफी छ । 

 

त्यस्तै सिजन दाहाल र सन्देश अर्यालको पटकथा रहेको चलचित्र मंसिर ६ गते प्रदर्शनमा आउने छ ।  ।


  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार