• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

शालिकरामकी श्रीमतीले दिइन रवि विरुद्ध किटानी जाहेरी

काठमाडौं । पत्रकार रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी परेको छ ।   आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले उजुरी दिएकी हुन् ।

 

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध पतिको तेह्र दिनको काजकिरिया सकाएपछि आज उनले काठमाडौं प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनले अहिले लामिछानेसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गर्दैछ ।

 

पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा  फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार