• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

पाँच विधेयक दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ ।   ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो । 

 

‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ कृषि तथा पशुपक्षी विकासमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका थिए । 

 

त्यसैगरी ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ युवा तथा खेलकू मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ खानेपानी मन्त्री वीना मगरले प्रस्ताव प्रस्तुत गरेकी हुन् । व्यवस्थापिका संसद्को अर्को बैठक भदौ ३ गते मङ्गलबार दिनको १ बजे बस्ने भएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार