• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

किरियापुत्रीलाई पानीको समस्या

शर्मिला तिमल्सिना, धादिङ । धादिङ जिल्ला गजुरी गाउँपालिका—५ च्याङलीको फेदि तिलचौरका  कुल प्रसाद पण्डितको निधन पछि किरिया बसेका किरियापुत्री समेत पानीको समस्या भोग्न बाध्य छन् । नुहाउन समेत पानीको समस्या परेको छ ।

 

खारखोलाबाट ल्याएको पानी गाउँमा प्रयोग हुन्छ । गाउँमा पानी आएको बेला पाइप खोलेर एक घरले प्रयोग गरेको पानी अन्य घरहरुले एकै समयमा प्रयोग गर्न पाउदैनन् । किरियापुत्री बसेको घरसम्म पानी नै आइपुग्दैन । पानीको अभाव खेपी रहेकी किरियापुत्री चन्द्र कुमारी पण्डितले बताइन् ।

 

उनलाई मात्र यो समस्या परेको होइन सिमडाँडा, चौरबारी, ढुङ्गेनी, धाप, तिलचौर, चारपाटेबासी लाई समस्या परिरहेको छ । वर्षाको समयमा त पानीको समस्या छ भने हिउँदमा त झन समस्या पर्छ बिष्णु बहादुर मगरले बताए ।  त्यसैगरि माथि दलित बस्तिसम्म सबैको घरमा धारो छ हाम्रो घरतिर छैन, पानीको सारै समस्या छ भिम माया मगरले गुनासो गरिन् ।  

 

वडा नं— ५ मा अक्सफाम र प्रयास नेपालको साझेदारीमा सञ्चालित पुर्णिमा परियोजना अन्तरगत रहेर च्याडली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले घर घरमा धारो पुर्याएको छ । मुहान दर्ता नभएकोले च्याङली फेदीमा धारो नबनेको वडा अध्यक्ष रामचन्द्र मिजारले बताए ।

 

उता गाउँलेहरु भने स्थानिय बिष्णुहरि भुजेलले मुल दर्ता गर्न भनि एक एक हजार, प्रत्येक घरधुरी रकम उठाएर लगेको बताएका छन् । बिष्णुहरि भने उक्त रकम बिधान दर्ता गर्न, गाडी भाडा, मुल दर्ता गर्न  २२ घर मध्य १८ घरसँग पैसा उठाएको र वडाको सिफारिस पछि गाउँपालिकामा फाइल पुगेको थियो अहिले कार्य ब्यस्तताका कारण आफुले काम गर्न नपाएको बताउँछन् ।

 

रकम लगेर पनि पानी नआएपछि गाउँबासी आक्रोसित बनेका छन् । उक्त कुरा आफु सामु नआएको वडाध्यक्ष मिजार बताउँछन् ।  मुलको समस्या छ, अर्को बर्षसम्म पानीको समस्या समाधान हुने गाउँपालिका प्रमुख राजेन्द्र बस्नेतको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार