• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

पोखरामा परिवर्तन निर्देशित नाटक 'एक चिहान' शुरु 

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन शुरु भएको छ । पोखरा थिएटरको आठौँ प्रस्तुती रहेको नाटक श्रावण ३२ देखि भाद्र १४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । 

 

स्व. उपन्यासकार हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित चर्चित यस उपन्यासलाई नाट्य रुपान्तरण  निर्देशक परिवर्तन कार्कीले गरेका हुन ।  नाटकमा नयाँ तथा पुराना पोखरेली रंगकर्मीको अभिनय हेर्न पाइनेछ । 

 

एक चिहान उपन्यास कक्षा ११ र कक्षा १२ को पाठ्यक्रमको नेपाली विषयमा पनि समावेश छ । उपन्यासमा पहाडी गरीबी परिवेशमा रहेको नेवार परिवारले भोग्नुपरेका समस्या र अप्ठ्याराबारे ब्याख्या गरिएको छ ।

 

पाठ्यक्रममा समावेश नाटक भएका कारण विद्यार्थीको रुचि यो नाटकमा बढी परेको् पोखरा थिएटरका अध्यक्ष तथा नाटकका निर्देशक परिवर्तनले बताए । झण्डै डेढ घण्टा अवधिको यो नाटकले घरी हसाउँछ, घरी रुवाउँछ, विगतका स्मरण मात्र हैन गम्भिर समेत बनाउँछ । 

 

नियमित सो को अलावा बुकिङ सो मार्फत समेत नाटक मञ्चन गर्ने तयारीमा आफुहरु रहेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले जानकारी दिए । नाटक हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ । 

 

नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दिप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, इश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटीको अभिनय रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार