• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

 

अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । चिनो, कन्यादान, भाउजु लगायत उनले अभिनय गरेको चर्चित चलचित्र हुन । नेपाली दर्शक माझ 'कन्यादान' चलचित्रमा उनले गरेको छुच्ची सासूको भूमिका एकदमै चर्चित छ।

 

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

 

अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार