• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

जाइराको ‘ब्वासो’ म

व्यस्थता
भदौ ६ गते चलचित्र जाइरा प्रदर्शनमा आउँदैछ, त्यसकै प्रमोशनमा व्यस्थ छु । 


रंगमञ्चको यात्रा 
यो मेरो लागी अनौंठो कुरा छ किनभने म एक त यो क्षेत्रको मान्छे होइन । म आफनो पढाई, व्यवसाय र मार्शल आर्टमा नै व्यस्थ थिए । मेरो बुटवलमा एकजना दाई हुनुहुन्छ बिरेन्द्र अग्रहरी । उहाँले एउटा एल्वम निकाल्न लाग्नु भएको थियो र त्यसको म्युजिक भिडियोमा मैले अभिनय गर्नुपर्ने थियो । दाजुको अनुरोधलाई हुन्न भन्न सकिन । अभिनय मैले नै गरे । म्युजिक भिडियोबाट मेरो यात्रा शुरु भएको मान्छु । त्यसबेला मलाई बिरेन्द्र दाईले ‘प्रमोद तिमी राम्रो काम गर्न सक्छौं’ भन्नुभएको थियो तर मलाई अभिनयका बारेमा कुनै ज्ञान थिएन । अभिनयबारे अध्ययन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन । दाइ भन्नु हुन्थ्यो ‘यदी तिमी आफनो क्यरियर अभिनयमा नै बनाउने हो भने तिमीले पढ्नै पर्छ’ ।  के भनु कसो भनौं पनि भयो ।

 

मैले आफनो पढाई सन २००७ मा सकिसकको थिए ।  भारतको दिल्लीमा म एनएसडीसी संग आवद्ध हुनपुगे । जहाँ मैले अध्यक्ष प्रेम बतियानीसँग मिलेर कामगर्ने असर मिल्यो । उहाँबाट मैले धेरै कुराहरु सिक्न पाए । रंगमञ्चकाबारे अझ गहिरो बुझाई भयो । सन् २००९ मा निर्देशक नविन सुब्बाको ‘गुड बाई काठमाडौं’ भन्ने चलत्रिचको अडिसन दिन म नेपाल आए । अडिसनमा पास भए । यसबिच मेरो भेट रंगकर्मी अनुप बरालसँग भयो । मलाई उहाँले एक्टर स्टुडियोको बारेमा बताउँनु भयो र मलाई पनि त्यहाँ समावेश गर्नु भयो । यसरी नै मेरो रंगमञ्चको यात्रा शुरु भएको हो ।   


 

रंगमञ्च 
मलाई लाग्छ रंगमञ्चले हामी सबैलाई अनुशासनमा राख्न सिकाउँछ । कुनै पनि काम प्रतिको प्रेम र लगावबारे सिकाउँछ । एक खालको बुझाई हुन्छ, जुन समाजलाई लिएर हरेक कुरालाई नजिक बनाई दिँदो रहेछ । रंगमञ्चले प्रशन गर्न सिकाउँछ । जवाफ खोज्ने बाटाहरु निर्माण हुदैं जान्छन र नमेटिने भोकलाई मेटाई दिन्छ ।  
 

नाटकमा अभिनय
म नेपाल आएपछि मैले मण्डलामा दुईवटा मात्र नाटक गरेको छु । ‘स्वप्न महल’ र ‘एनकाउन्टर इन मुग्लान’ । यस्तै जनकपुर र चरिकोटमा नाटक फेस्टिवल भएको थियो त्यसमा मैले ‘सखिया’ भन्ने नाटकमा अभिनय गरेको थिए । 
 

रंगमञ्चबाट कमाई 
मैले रंगमञ्चमा कहिले पैसाको लागी अभिनय गरिन । मैले रंगमञ्चबाट पैसाको आशा पनि गर्दिन । यसको मतलब यो होइन कि रंगमञ्चमा अभिनय गरेबापत पैसा दिइदैंन । आफनो कामको पारिश्रमिक त जहाँ पनि पाइन्छ । यो कुरामा रंगमञ्चले अहिले धेरै कलाकारहरुको जिविकापार्जन चलाईदिएको छ । पारिश्रमिक नपाउने भन्ने हुदैंन ।


चलचित्रको यात्रा 
म्युजिक भिडियो गर्ने क्रममा ‘तिम्रो माया’ भन्ने चलचित्रका निर्देशक राजेश बिश्वकर्माले मलाई चलचित्रमा अभिनय गर्न अफर गर्नुभयो । मैले उहाँलाई गर्ने तर एउटा शर्तमा भने । यदी उहाँले मलाई अभिनयकोबारे पढाउनु हुन्छ भने म तपाईसँग काम गर्छु भने । उहाँले पनि खुशी खुशी मलाई एक महिनाको अभिनय कक्षामा सामेल गराउनु भयो । यसरी एक महिनाको अभिनयबाट धेरै कुरा सिक्न पाए  अभिनयमा केही परिचित हुँदै गए । ‘गुडबाई काठमाडौं’ मेरो पहिलो चलचित्र होे । त्यसपछि  म भारत फर्के । भारतीय च्यानल दुदर्शनबाट प्रशारित हुने केही टेलिसिरियलहरुमा काम गरे । ‘घर से दुर’, ‘अधिकार’ , हम सब भारतीय जस्ता केही टेलिसिरियलहरुमा मैले काम गर्ने अवसर प्राप्त गरे । त्यसपछि दुईवटा भोजपुरी चलचित्रमा अभिनय गरे । अभिनय जारी छ । यहाँसम्म आइपुग्दा यो मेरो दैनिकी भएको छ । अभिनयबाट टाढा हुने कल्पना पनि गर्ने सक्दिन ।

 

फेरी नेपाल फर्के, चलचित्र उमाको स्क्रिन टेस्टको लागि मलाई बोलाइयो । मैले स्क्रिन टेस्ट पनि दिए तर म छानिन्छु कि छानिन् त्यो थाहा थिएन । तर मैले गरेको कुराको अवश्य मुल्यांकन हुन्छ भन्ने मलाई थाहा थियो । त्यतिबेला म ७८ किलोको मान्छे थिए । चलचित्र उमामा भुमिका थियो माओवादी कमरेड बिनित यादवको । यदी म छानिए भने मैले चलचित्र गर्नुपर्छ भनेर म तयारी चाहि गर्न थाले । मैले त्यतिबेला १९ दिनमा १२ किलो वजन घटाए । मलाई उमाको लागि फोन आयो र आफु त्यसमा छानिएको भन्ने जानकारी मैले पाए । तर मलाई पैसा दिन सक्दैनौं भनेर भनियो र मैले पनि खानबस्न त दिनुहुन्छ होला नी भने । यसरी उमामा मैले अभिनय गरे । चलचित्र उमा गरेको २०/२५ दिनमा नै मैले चलचित्र ‘सुन्तली’ साइन गरे । यसरी मेरो चलचित्रको यात्रा शुरु भयो । 


 

चलचित्रमा अभिनय 
अहिलेसम्म एक दर्जन भन्दा बढि चलचित्र पुगे होलान ।
 

नायक भन्दा भिलेनमा धेरै 
मलाई पनि इच्छा छ एउटा सकारात्मक पात्र गर्न । म बढि भिलेनमा सुहाउने भएर पनि होला । अर्को मलाई नायक भएर काम गर्ने भोक अवश्य छ । मलाई पक्का थाहा छ कुनै न कुनै दिन त्यस्तो स्क्रिप्ट आउँला जुन प्रमोदको लागी नै लेखिएको हुन्छ ।   
 

मन परेको पात्र 
पछिल्लो समयको कुरा गर्ने हो भने मलाई आफुले गरेको अभिनयको पात्रको भुमिकामा चलचित्र ‘ग्याङस्टर व्लुज’ को अफजलको थियो । यसमा मेरो सानो भुमिका छ तर एकदमै महत्वुपुर्ण भुमिका मैले गरेको छु । 

 

चलचित्रको बजार 
अहिले चलचित्रको बजार पहिलाको भन्दा राम्रो छ । राम्रो चलचित्र बनाउने हो भने नेपालमा चलचित्र चल्दैन भन्न मिल्दैन । 


 

चलचित्रबाट कमाई 
अहिले कमाई छ । मेरै कुरा गरौं । मैले ‘गुड बाई काठमाडौं' चलचित्र गर्दा मेरो काठमाडौको बागबजार स्थीत कालीगण्डकी ल्यावमा नै बसोवास हुन्थ्यो र म त्यहि सुत्थँे । तर आज मसँग सबथोक छ । जुन मैले यही चलचित्र उद्योगबाट नै कमाएको हुँ । 

जाइरा 
‘जाइरा’ स्टाइलिस,मार्शल आर्ट मिक्स भएको चलचित्र हो । यो एउटा बदलाको कथामा आधारित चलचित्र हो । जाइरामा मेरो अहिलेसम्मकै नयाँ र नौलो भुमिका हो । यो नेपाली चलचित्र उद्योगमा नै एउटा नयाँ पात्र हुन्छ जसलाई अहिलेसम्म कसैले पनि यस्तो भुमिकामा देखेको छैन । यो भुमिकाको लागि जसरी मैले आफुलाई तयार गरे त्यो मेरो लागि एउटा रमाइलो क्षण थियो । यो पात्रको भुमिका गर्नका लागी मैले चलचित्रको टिमबाट पनि धेरै नै हौसला र सहयोग पाए । जाइरामा मेरो भुमिका देखेर पक्कै पनि दर्शकले एउटा नयाँ पात्रको जन्म भएछ भन्नुहुन्छ । त्यसैले पनि म आफुलाई जाइराको व्वासो नै भन्छु । 
 

नायिकासँग रोमान्स
अब रियलमा कुरा गर्ने हो भने म यसबाट टाढा नै छु । रिलमा भन्ने हो भने आफनो वास्तविक पात्रसँग रिलको कुनै भुमिका हुँदैन । चलचित्र ‘कथा काठमाडौं’ मा म केवल सौरमको भुमिकामा थिए । त्यस्तै ‘उमा’ मा म बिनितको भुमिकामा थिए । त्यसैले पनि यी पात्रहरुको भुमिकामा प्रमोद कहिले त्यहाँ थिएन । उसलाई यी पात्रहरुको भुमिकाको बारेमा केही थाहा पनि छैन ।  

प्रस्तुति : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार