• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

मोवाइल तरंग 

मोबाइल नेटवर्क जब हात हातको सेटमा आयौं 
बर्षौ बिछोडीएको मनको भेटमा उमङ्ग छायौ  
जीविकाको उचाइ भर्दै                              
जन जनमा तरङ्ग छर्दै 
तिम्रो आगमनले
कुना कुनामा खुशीको सिमा नै रहेन
तिमी बाहेक अरु कुनै चाह नै भएन
नेटवर्क कहिले काँही टुट्दा
लाखौ तड्पिने गतिबिधी छुट्दा ।।


तिमी नभए, 
जिन्दगीमा कसैको साथ नै रहेन  
संसारसंग बात नै भएन
तिमी यूग बदल्दै उदायौ अरे 
फोरजी बनेर छायौ अरे
संसारलाई साघुरो बनाएर  
चेतनाका तस्विरहरु सजाएर
मन मनको गीत गुन्जाएर
तर तिमी उज्यालो तिर मात्र नबस
अध्यारो पाखा तिर पनि पस
दूरदराजमा आउन लाग्दा अल्झियौ की
सकुनीको जालमा बल्झियौ की 
बस्तिहरुमा बेचैन भो
तिम्रो चाल अलि सुस्त भो
रबि बिनाको फाँटहरुमा
मायालु बिनाको रातहरुमा
फोरजी पहुँच मनको रहर यूगको माग 
फोरजी पहुँच समृद्धीको लहर देशको साख ।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार