• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

फेरी बस्न सकेन नेकपा बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि पनि स्थगित भएको छ। बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठक गत साउन ५ गते बसेपछि पटकपटक स्थगित हुँदै १३ गते बसेको थियो।

 

यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि सोमबारै दुई अध्यक्षबीच परामर्श भएको थियो।

 

नेकपामा स्कुल विभागको नेतृत्व टुंगिएको छैन । बैठकले स्कुल बिभाथको नेतृत्वको टुंगो लगाउन सकेको छैन ।

 

दुई अध्यक्षबिच छुट्टै र अन्य नेताहरु पटकपटक छलफल पछि पनि यो बिषय भने अझ निष्कर्षमा पुग्न सकेको छैन। सचिवालय बैठक स्थगित भए पनि दुई अध्यक्षको परामर्श भने जारी रहने बालुवाटार स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार