• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

अहिले मुलुकको अवस्था जटिल : राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताहरुको मनोबल उच्च राख्न देशभर सघन रूपमा  प्रशिक्षण संचालन गर्न केन्द्रिय प्रशिक्षकहरुलाई निर्देशन दिएका छन् ।

 

केन्द्रिय प्रशिक्षक र पदाधिकारीहरुको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै थापाले अहिले मुलुकको अवस्था जटिल परिस्थितिबाट गुज्रिरहेकोले तरल अबस्था बारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको बिचार व्यक्त गरे ।

 

पार्टीबारे भ्रम छरिएको छ, एजेण्डा बारे अफवाह छन्, यी सबैलाई चिर्ने जिम्मा तपाईहरुको हो, थापाले प्रशिक्षकहरुलाई भने । तपाईहरुको काधमा ठुलो जिम्मेवारी छ , त्यो इमान्दारीपुर्बक निर्वाह गर्न आग्रह गर्दै थापाले देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकहरुलाई दृढ भएर प्रस्तुत हुन जोड दिए । तपाईहरु अध्यनशिल हुनुहोस् , चिन्तन र बिशलेषण गर्ने गर्नुहोस् , बहस गर्ने बानी बसाल्नुस भन्दै थापाले भने, राप्रपाले बोकेको उन्नत बिचारलाई आत्मबिश्वासी भई कार्यकर्ता र जनतामा राख्नोस । थापाले राप्रपा परिवर्तन बिरोधी शक्ति नभएको स्पष्ट पारे ।

 

राप्रपा राष्ट्रबादी शक्ति हो, प्रजातन्त्रबादि शक्ति हो भन्दै थापाले निरन्तरता सहितको परिवर्तन मात्र टिकाउ हुने बिचार ब्यक्त गरे । कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक बोहरा , महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक लगायतको उपस्थिति थियो ।

 

भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७५३ स्थानिय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार