• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

कालिकोटमा मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम  बम विष्फोट गराइएको छ।

 

मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थल नजिकै बम विष्फोट भएको हो।

 

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा एक किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको हो। कालिकोट मुख्यमन्त्री शाहीको गृह जिल्ला हो। अहिले उनी एक साता लामो जिल्ला भ्रमणका लागि कालिकोट गएका छन्। 

 

विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव भएको क्षेत्र पनि कालिकोट नै हो। पूर्वमन्त्री तथा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा पनि कालिकोट कै हुन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार