• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

गायक डीबी तामाङको ‘आज पनि तिम्रो याद’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं । गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । गायक तामाङले सन् २०१४ मा  एउटा तारा  नामक एल्बम सार्वजनिक गरिसकेका थिए । त्यस्तै सन् २०१५ उनले बुद्द संदेश भाग २  सार्वजनिक गरे ।

हाल अमेरिकामा भएका गायक तामाङले केहि  दिन अघि मात्रै  ‘आज पनि तिम्रो याद’   बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  यस गीतमा स्वर  डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ ।
 
गीतमा  चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन । 

 

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन भने बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन ।

 

 सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार