गायक डीबी तामाङको ‘आज पनि तिम्रो याद’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । गायक तामाङले सन् २०१४ मा एउटा तारा नामक एल्बम सार्वजनिक गरिसकेका थिए । त्यस्तै सन् २०१५ उनले बुद्द संदेश भाग २ सार्वजनिक गरे ।
हाल अमेरिकामा भएका गायक तामाङले केहि दिन अघि मात्रै ‘आज पनि तिम्रो याद’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा स्वर डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ ।
गीतमा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।
रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन भने बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन ।
सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस