• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

नदी उत्खनन् रोक्न काभ्रेका माझी समुदायको माग, ठेक्का रद्द गर्नुपर्ने भन्दैं आन्दोलित

काभ्रे । काभे्रपलाञ्चोकको भुम्लुका माझी समुदायले गाउँपालिकाले बोलपत्र आह्वान गरी नदीको बालुवा उत्खनन गर्न दिँदा आफूहरुको पेशा नैै सङ्कटमा परेको भन्दै सो बोलपत्र रद्द गर्न माग गरेका छन् ।

 

गाउँपालिका प्रमुख गुमानध्जव कुँवरलाई ज्ञापनपत्र बुझाउँदै त्यहाँका माझी समुदायले ठेक्का रद्द गर्नुपर्ने माग गरेका हुन् । पालिकाले बोलपत्र आह्वान गरेपछि आदिवासी जनजातिअन्तर्गत अति सीमान्तकृत माझी समुदाय आन्दोलित भएका छन् । 

 

माझी इम्पावरमेन्ट युथ एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष होमराज माझीले नदीको बालुवा उत्खनन गरेपछि आफ्नो समुदायको रोजगारीमा सङ्कट आएको कारण आन्दोलित हुनुपरेको बताए ।  “हामीले पहिलोचोटी ¥यालीसहित गाउँपालिका अध्यक्ष गुमानध्वज कँुवरलाई ज्ञापनपत्र बुझाएका छौँ” उनले भने , “सो ज्ञापनपत्रलाई बेवास्ता गरिएमा सङ्घर्षमा जान बाध्य हुनेछौँ ।”

 

भुम्लु गाउँपालिका–८ का स्थानीय बासिन्दा लालुमाया माझीले आफूले सुनकोशी नदीमा बालुवा निकाली चालेर बेच्दै आफ्नो परिवार धान्दै आएको बताउने उनले पछिल्लो समय गाउँपालिकाले बगर ठेक्कामा दिएपछि आफूहरूले बालुवा निकाल्न नपाएको बताइन् ।


 
उनीहरुले पुख्यौली पेशा लोप भएपछि वैकल्पिक पेशाको रुपमा अपनाइएको बालुवा निकाली बेच्ने कामसमेत मेशिन लगाएर निकाल्न थालेपछि जीउनसमेत गाह्रो भएकाले ज्ञापनपत्र बुझाएर गाउँपालिकालाई ध्यानाकर्षण गराएको एशोसिएशनका अध्यक्ष जीवनकुश माझीले बताएका छन ।रासस 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार