• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मलाई मन परेका पाँच चलचित्र

हरिवंश आर्चाय

परालको आगो

यो दार्जिलिङमा बनेको चलचित्र हो । प्रताब सुब्बाले निर्देशन गर्नुभएको चलचित्र हो । चलचित्रको प्राविधिक पक्ष हेर्ने हो भने त्यो एकदमै कमजोर छ । यो आज भन्दा ४० वर्ष अगाडि बनेको चलचित्र होे । त्यसबेला चलचित्र बन्नु भनेको नै ठुलो कुरा थियो । त्यसबेला रंगीन प्रविधि थिएन चलचित्रहरु ब्याल्क एण्ड ह्रवाइटमा बन्थे । गुरुप्रसाद मैनालीको कथामा बनेको चलचित्र हो परालको आगो । चलचित्र एकदमै राम्रोसँग बनेको छ । 

मनको बाँध

प्रकाश थापाले निर्देशन गर्नुभएको यो चलचित्र मैले २२ पटक हेरे । त्यतिबेला म नक्सालमा बस्थे र मलाई जयनेपाल हलमा चलचित्र हेर्न टिकट लाग्दैनथ्यो । मैले यो चलचित्रबाट चाहि अभिनय सिक्ने मौका पाए । मैले २२ पटक हेर्नुको फाइदा नै यही लिए । चलचित्रमा भैरव बहादुर थापा, कुलदिप शेरचन बसुन्धरा भुषालको अभिनय रहेको चलचित्रको कथा देखि लिएर सबै कुराहरुलाई मैले कण्ठैै बनाएको थिए । त्यसबेला बनेका चलचित्रहरुमा यो पनि राम्रो बनेको चलचित्र थियो । 
 

बलिदान

यो चलचित्रमा मैले आफै अभिनय गरेको छु । यो चलचित्रलाई हामीले सधैभरी सम्झिरहने रहन्छौं । यो एउटा यस्तो चलचित्र बन्यो कि जसलाई कुनै पनि बेला सम्झिन सकिन्छ । 
 

त तँ साह्रै बिग्रिस नी बद्रि

यो हामीले नै बनाएको चलचित्र थियो । व्यवसायिक हिसाबमा पनि राम्रो गरेको थियो । चलचित्रको कथा पनि राम्रो बनेको थियो । हामीले दर्शकबाट राम्रै प्रतिक्रिया पाएका थियौं । आफनो चलचित्र भनेर होइन कि वास्तवमा नै राम्रो बनेको भएर मलाई मन परेको हो । चलचित्रले व्यापार पनि राम्रो गरेको थियो । 

बुलबुल

यो चलचित्र मलाई एकदमै राम्रो लाग्यो । यसको मलाई प्रस्तुति, कलाकारहरुको अभिनयको जीवनता, निर्देशन पक्षको काम एकदमै राम्रो छ । यसको कथा केही भिन्न छ ।  
 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार