• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

क्यारियरले गर्दा मन परेको केटा छाड्नु पर्‍यो

दिपाश्री निरौला, कलाकार

तपाईसँग सबैभन्दा बहुमुल्य बस्तु के छ ?
म सँग भएको सबैभन्दा बहुमुल्य बस्तु भनेको दर्शकको माया हो । 


यदी घर छाडेर जानु पर्दा एउटा बस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
घर छाडेर जानुपर्दा म चलचित्रको स्क्रिप्ट संगै लिएर जान्छु । 


तपाईलाई आफनो सबैभन्दा बढि गर्व लाग्ने बस्तु के हो ? 
मलाई मेरो सबैभन्दा बढि गर्व लाग्ने बस्तु भनेको अनवरत रुपमा २८ वर्ष देखि अहिलेसम्म मैले गरेको कामहरु नै हो । 


घरको कुन कोठामा सबैभन्दा बडि मन पर्ने बस्तुहरु छन् ?
घरको पुजा कोठमा मेरा सबैभन्दा बडि मन पर्ने बस्तुहरु छन् 


कुन बस्तु किन्दा सबैभन्दा बडि सन्तुष्टि मिल्छ ?
हामी महिलाहरुले किन्ने भनेको उही मेकअपका सामानहरु नै हो नी ।

 


 

कुन बस्तु बिना तपाई एकछिन बाच्न सक्नुहुन्न ?
मेरो लागी मोबाइल धेरै प्रिय छ । 


तपाईको मन पर्ने काम के हो ?
मलाई मन पर्ने काम भनेको यही चलचित्र बनाउने र अभिनय गर्ने त हो । 


तपाईको मन पर्ने फेसन शैली कुन हो ?
फेसनमा चाहि मलाई क्याज्युल वेयर धेरै मन पर्छ । यसमा प्यान्ट टिर्सट नै भनौं ।  म समय अनुसारको फेसन शैली रुचाउँछु । मलाई प्राय साडी नै मन पर्छ । कुनै कार्यक्रम र ठाउँहरुमा जाँदा चट्ट नेपाली पोशाक त्यसमा पनि ढाकाको केही होस् । त्यस्तो खालका कुराहरु मलाई एकदमै मन पर्छ । 

यदी मनमा शंका उब्जिए के गर्नुहुन्छ ?
मनमा शंका त प्रत्येक सेकेन्ड नै उब्जीरहेको हुन्छ । आफुले गरेको काम के होला, क्यारियर कस्तो होला भन्ने खालका कुराहरु मनमा आईनै रहन्छन् । अब शंका आयो भन्दैमा काम गर्न छोड्नु भएन । यस्तो शंका मनमा आउँछ जान्छ भन्ने हो र काम गर्दै जाने हो । 


कस्तो खालको केटा मन पर्छ ?
अब यसमा सबैले भन्ने रुपरङ्ग भन्दा पनि स्वभाव राम्रो भएको केटा राम्रो लाग्छ । तर अब शुरुमा हेर्ने त रुपरङ्ग नै हो । मान्छेको मन भित्र त च्याउन सकिदैन । मान्छेसँग संगत गर्दै जाँदा उ भित्र के छ कस्तो छ भन्ने कुरा थाहा हुन्छ । समग्रमा भन्दा केटाहरुको रुपरङ्ग राम्रो पनि होस् र नारीलाई इज्जत गर्ने पनि होस् । 


तपाईले कहिल्यै आफुले महत्वपुर्ण ठानेको बस्तु चोर्नुभएको छ ? 
त्यस्तो केही पनि चोरोको छैन किनभने मैले कहिले पनि ठुलो सपना देखिन । म जे आउँछ मज्जाले पचाउँछ भन्ने खालको स्वभावको मान्छे हुँ । त्यसकारणले गर्दा यो होस् त्यो होस् भन्ने कहिले भएन । यो त आफै आफै हुने कुरा हो । चोरेका चिजहरुले कति पुग्छ र । 


आफना बस्तुसँग तपाईको आत्मियता कत्तिको छ ? 
मलाई मेरो कलाकारितासँग एकदमै आत्मियता छ । झन अहिले दर्शकहरुले हाम्रो तीनवटै चलचित्रलाई एकदमै रुचाइदिनु भयो । यसले मलाई एकदमै गर्वानित बनाएको छ ।

 
तपाईले बाल्यकालमा कुन बस्तुलाई धेरै महत्वपुर्ण ठान्नुभयो ?
बाल्यकालको त खासै सम्झना छैन । हामीलाई हातमा चलाउनका लागि खासै केही बस्तु दिइदैन्थ्यो र त्यसते चिजहरु पनि पाईदैन्थ्यो । यो बस्तु महत्वपुर्ण छ र यसलाई सम्हालेर राख्नुपर्छ भन्ने कुरा पनि कहिले आएन ।

 
तपाई कस्तो स्वभावको महिला हो ?
म निडर, हक्कि खालको महिला हो । म काम प्रति एकदमै बफादार छु । म काम गरेन भने अरुलाई गाली पनि गर्छु । मलाई काम राम्रो भएन भने एकदमै रिस उठ्छ ।   


जीवनमा कहिले कोही केटा मन परेको छ ?
आज भन्दा २० वर्ष अगाडि कोहि मन परेको थियो तर मेरो क्यारियसको लोभको कारणले मैले आफुलाई मन परेको केटा पाउन सकिन । मैले क्यारियर हेरौं पहिला भन्दा उसले मानेन् र हामी छुटियौं । अब यसमा बिछोड भएको भन्ने कि मन परेको भन्ने त्यहि नै हो । 


राती घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?
म पशुपतिनाथ जान रुचाउँछु । राती आठ नौं बजेतिर म त्यहाँ पुगेकी हुन्छु । भजन सकिँदा पनि म पशुपतिनाथ गएर बसिरहेकी हुन्छु । किनभने यर्थाथ त्यहि नै हो । हामीले जतिसुकै रमाइलो गरे पनि ठोक्किने भनेको त भगवानसँग नै हो । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार