• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

जयन र रोजिनलाई लिजेन्ड्री कोरियोग्राफर अवार्ड

काठमाडौं । राजधानीको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा नेपालको परिवेशमा पहिलोपटक ‘फेशन एण्ड मोडल अवार्ड–२०१९’ सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न ५४ वटा विधामा पुरस्कार प्रदान गरिएको छ ।

 

अवार्ड कार्यक्रममा फेशन कोरियोग्राफर विधातर्फ आफ्नो क्षेत्रमा दुई दशकको यात्रातय गरेका कोरियोग्राफरद्वय जयन सुब्बा मानन्धर र रोजिन शाक्यले लिजेन्ड्री कोरियोग्राफरको अवार्ड पाए । त्यस्तै कोरियोग्राफर कै विधामा अनिश महर्जन र हिमानी सुब्बाले वेष्ट कोरियोग्राफरको अवार्ड जित्न सफल भए ।

 

फेसन डिजाइनर विधातर्फ रविन क्रिएसनका रबिन परियार तथा वाउ फेसन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेसन डिजाइनरको अवार्ड प्राप्त गरे ड्रिम वेयर फेसनका मञ्जु बन्जारा ढकालले फेसन डिजाइनर अफ द डिकेडको अवार्ड जितिन् ।

 

त्यस्तै मोडल विधातर्फ दिक्पालले कार्कीले पपुलर इन्टरनेसनल नेपाली मोडलको अवार्ड जिते भने रुबिस्का श्रेष्ठ र शेराप ग्याल्सेनले वेष्ट मोडलको अवार्ड हात पार्न सफल भए । मोडल विधामै कला सुब्बालाई लेजेन्ड्रि मोडलको अवार्ड प्रदान गरिएको थियो ।

 

फेसन डिजाइनर विधा तर्फ रविन क्रिएसनका रबिन परियार तथा वाउ फेशन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेशन डिजाइनरको अवार्ड प्राप्त गरे भने ड्रिम वेयर फेशनका मञ्जु बन्जारा ढकालले फेसन डिजाइनर अफ द डिकेडको अवार्ड हात पारिन् ।

 

‘फेशन एण्ड मोडल अवार्ड–२०१९’ मा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर प्याजेन्ट टाइटल विनरको अवार्ड दिइएको थियो भने पूर्व मिस नेपाल २००० उषा खड्गीले एभरग्रिन एण्ड पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् ।

 

प्याजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई  अल टाइम फेसन डिभाको अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड । यसैगरी वेष्ट फेशन जर्नालिष्टको अवार्डमा कृष्ण भट्टराईको नाम दर्ता भयो भने वेष्ट पेजेन्ट एमसीको अवार्ड रोजिन शाक्यले हात पार्न सफल भए ।

 

कार्यक्रममा वेष्ट किड्स, टिन मोडल, मेकअप आर्टिष्ट, हेयर स्टाइलिष्ट देखि मोफसलका पेजेन्ट आयोजक, कोरियोग्राफर, पेजेन्ट विजेता लगायतका विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।

 

अवार्ड आयोजक विधातर्फ मिस नेपालको आयोजक संस्था हिड्न टे«जरका गोपाल सुन्दर लाल कक्षपती रमिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतलाई बेस्ट मिस प्याजेन्ट आयोजकको अवार्ड  दिइएको थियो । 

 

यस्तै  बेस्ट क्म्युनिटी बेस्ट प्याजेन्ट आयोजकको अवार्ड पेज थ्रि हुट कुचरका रेखा मोदी मित्रुकाले पाइन् भने बेस्ट किड्स प्याजेन्ट आयोजकको अवार्ड  इनोभेसन इभेन्ट्स म्यानेजमेन्टका महेश केसीले जितेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार