• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

तीन घन्टापछि सन्दीपलाई दियो अमेरिकी दूतावासले भिसा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले ३ घण्टा पछि  बोलाएर भिसा दिएको छ ।

 

अमेरिकी प्रवेशाज्ञा लिन खोजेका लामिछानेलाई अमेरिकी दूतावासले भिसा  दिन अस्वीकार गरेको खबर सन्दीपले ट्वीट पनि गरेका थिए ।


 
क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका जानका लागि सन्दिप (आजै) काठमाडौंस्थित अमेरिकी दूतावास गए पनि अधिकारीहरुले उनलाई भिसा दिन अस्वीकार गरेका थिए ।


 
 क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका हुन ।   

 

 नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार  पछिल्लोपटक सामान्य प्रक्रियापछि अमेरिकी दूतावासले भिसा दिइएको  हो ।

 

सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने  कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार