• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘परानै दिन्छु’ पछि ‘सयौ कारण’ सार्वजनिक(भिडियो सहित)

 काठमाडौं । ‘परानै दिन्छु’ जस्ता चर्चित  गीतका रचनाकार प्रलाद शाहले आफ्नो नयाँ गीत सयौ कारण सार्वजनिक गरेका छन् । नेपाली मौलिक तथा प्रयोगात्मक गीत लेख्न रुचाउने  शाहले यस पटक माया प्रेमको भाव बोकेको रोमान्टिक भर्सनको गीत सार्वजनिक गरेका छन । 

 

हाल अमेरिकामा रहेका गीतकार शाहले विदेशमा बसेर पनि नेपाली गीत संगीतमा आफ्ना उत्कृस्ट सिर्जना मार्फत नेपाली संगीतमा योगदान दिएका छन । यस गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम चर्चित संगीतकार हरि लम्सालले गरेका हुन ।

 


हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भैरहेको छ । फराज अर्पणले तयार पारेको  लिरिकल भिडियोलाई  भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन । 

 

भिडियो  :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार