‘परानै दिन्छु’ पछि ‘सयौ कारण’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । ‘परानै दिन्छु’ जस्ता चर्चित गीतका रचनाकार प्रलाद शाहले आफ्नो नयाँ गीत सयौ कारण सार्वजनिक गरेका छन् । नेपाली मौलिक तथा प्रयोगात्मक गीत लेख्न रुचाउने शाहले यस पटक माया प्रेमको भाव बोकेको रोमान्टिक भर्सनको गीत सार्वजनिक गरेका छन ।
हाल अमेरिकामा रहेका गीतकार शाहले विदेशमा बसेर पनि नेपाली गीत संगीतमा आफ्ना उत्कृस्ट सिर्जना मार्फत नेपाली संगीतमा योगदान दिएका छन । यस गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम चर्चित संगीतकार हरि लम्सालले गरेका हुन ।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भैरहेको छ । फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।
भिडियो :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस