• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

व्यवस्था फेरियो, अवस्था फेरिएन

सुर्खेत ।  सर्जन टमट्टाको नौजनाको परिवार मस्त निद्रामा थियो।  राति भेरीमा ठूलो बाढी आयो, पूरै परिवार बगायो।  सर्जन मजदुरीका लागि कालापहाड (भारत) गएका थिए र बाँचे। 

 

‘राति सुत्ने बेला श्रीमतीसँग फोनमा कुरा भएको थियो, चाँडै आउनु भन्थिन्’ सर्जनले भने, ‘बिहानै बाढीले बगाएको खबर सुन्नुप-यो। ’ श्रीमती, तीन छोरा, दुई बुहारी, एक छोरी र दुई नाति गुमाएका सर्जन त्यसयता नजिकैको गल्फा जंगलमा पालमुनि बस्छन्।

 

पाँच वर्षअघि सरकारले दिएकोे पाल च्यातिएर अहिले आकाश देखिन्छ।  ‘पाल नाममात्रैको छ, घाम र पानी छेक्दैन’, सर्जनले भने, ‘पाँच वर्ष त बितायौं, अझै कति समय यहाँ बिताउनुपर्ने हो थाहा छैन। ’ बाढीले सबैभन्दा धेरै मानवीय क्षति पु-याएको तातापानी गाविस (हाल पञ्चपुरी–९ र १०) का एक सय १० परिवार अहिले गल्फा जंगलमा पालमुनि बसिरहेका छन्।

 

हरिहरपुर–४ की पूजा गन्द्रमाको जीवन पाँच वर्षअघिसम्म सुखी थियो।  कमाउन कतार गएका श्रीमान्ले पैसा पठाउँथे।  गाउँमा घर थियो।  उब्जनी हुने जमिन थियो।  भेरीको बाढीले उनको खुसी एकै रातमा लुट्यो।  बाढीबाट उनीहरु बाँचे तर घर र अन्य सम्पत्ति जोगाउन सकेनन्। 

 

बाढीले घरबार बगाएपछि अरु गाउँलेसँगै उनी पनि दुईवर्षे छोरा, आँखा नदेख्ने ससुरा र कान नसुन्ने सासूसहित कर्णाली राजमार्ग किनारको गिरिघाट शिविरमा बस्न आइन्।  बाढीपहिरोले घरवार विहिन भएको खवर सुनेपछि कतारमा रहेका जीवन असोजमा आइपुगे।  विस्थापित शिविरमै सही श्रीमान् आएपछि पूजामा खुसीको सीमा थिएन।

 

‘दुःखजिलो गरेर परिवार चलाउँला, चिन्ता नमान भन्नुहुन्थ्यो, दुःखमा साथ दिने श्रीमान् आएपछि खुसीको सीमा थिएन’, पूजाले भनिन्, ‘श्रीमान्को साथ र खुसी पनि धेरै समय टिक्न पाएन। ’ असोजमा फर्किएका जीवनले फागुनमा गाउ“मा बाढीले घरबार बगाएको घरनजिकै रुखमा पासो लगाएर आत्महत्या गरे । 

 

घरबार छैन, शिविरमा बस्न थालेको पाँच वर्ष भयो, सासूससुरा र सन्तानको पेट भर्न सकेकी छैन’ पूजाले भनिन्, ‘मैले पनि मर्नलाई धेरै प्रयास गरें, सन्तान र सासू–ससुराको मायाले त्यसो गर्न दिएैन। ’ पाँच वर्ष भयो पूजा शिविरमा बस्न थालेको।  अहिले कहींबाट राहत आउ“दैन।  सकीनसकी नजिकैको गिरीघाट खोलामा गिटी कुट्छिन्।  ‘गिटी बिक्री भएको सा“झ पेटभरि खान पाइन्छ,’ उनले भनिन्, ‘नभए भोकभोकै सुत्नुपर्छ। ’नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार