• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

वायु प्रभावले काठमाडौं सहित देशका विभिन्न भागमा वर्षा

काठमाडौं । आज आइतवार काठमाडौं उपत्यका आसपासका क्षेत्रहरुमा मौसम बदली भएर मेघ गर्जन सहित वर्षा भएको छ ।

 

वायुमा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा मेघ गर्जन सहित वर्षा भएको जल तथा मौसम विभागकी मौसमविद् शान्ति कँडेलले बताइन । 

 

त्यस्तै काठमाडौँ उपत्यका लगायत धनुषा, उदयपुर,  महोत्तरी, सुर्खेत, दाङ जिल्ला तथा यसका आसपासका क्षेत्रहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले आफनो ट्विटर मार्फत जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार